१ कार्तिक २०८३, शनिबार

आगजनीपछि पोखरा भाटभटेनीको पुनर्जन्म, कर्मचारीहरूलाई पुनः काममा फर्काइयो

0
Shares


काठमाडौँ । भाटभटेनीको पोखरा स्टोर पुनः सञ्चालनमा आएको छ ।

गत भदौ २४ मा भएको जेनजी विद्रोहका क्रममा आगजनी गरेर पूर्णरुपमा ध्वस्त पारिएको भाटभटेनीको पोखरास्थित स्टोर आजैदेखि पुनः सञ्चालनमा ल्याइएको हो । आगजनीले ध्वस्त भएको भवन पुनःनिर्माण गरेर पुरानै अवस्थामा सञ्चालनमा ल्याइएको जनाइएको छ ।

यसअघि कोटेश्वर, महाराजगन्ज र चितवनस्थित स्टोर पनि पुनः सञ्चालनमा ल्याइएको थियो । भदौ २४ मा भएको आगजनीका क्रममा भाटभटेनीका दर्जन बढी स्टोरमा आगजनी र लुटपाट गरिएको थियो ।