आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

लिपुलेक र सीमा अतिक्रमणको विरोधमा विद्यार्थी सङ्गठनहरूको प्रदर्शन

काठमाडाैं । लिपुलेक, कालापानी र लिम्पियाधुरा लगायतका नेपाली भू–भागमा भइरहेको अतिक्रमणको विरोधमा विभिन्न विद्यार्थी सङ्गठनहरूले काठमाडौंको माईतीघरमा विरोध प्रदर्शन गरेका छन् ।

संयुक्त विद्यार्थी सङ्गठनको ब्यानरमा भेला भएका विद्यार्थीले राष्ट्रिय स्वाधीनताको रक्षा र नेपाली भूमिको संरक्षणको माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा सहभागीहरूले ‘लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो हो’, ‘सीमा अतिक्रमण बन्द गर’, ‘भारतीय हस्तक्षेप बन्द गर’ र ‘गो ब्याक इण्डिया’ जस्ता नाराहरू लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए । उनीहरूले अतिक्रमित भूमि फिर्ता ल्याउन र सीमा रक्षाका लागि सरकारलाई गम्भीर बन्न आग्रह गर्दै ‘ओई सरकार ओई, हाम्रो भूमि खोई ?’ भन्दै नाराबाजी समेत गरेका थिए ।

प्रदर्शनकारीहरूले लिपुलेक क्षेत्रमा भइरहेको भारतीय गतिविधि तत्काल रोकिनुपर्ने र नेपालको भौगोलिक अखण्डताको सम्मान हुनुपर्नेमा जोड दिएका छन् । हातमा विभिन्न प्लेकार्ड र राष्ट्रिय झण्डा बोकेका विद्यार्थीले राष्ट्रिय स्वाधीनताका पक्षमा ऐक्यवद्धता जनाउँदै सरकारलाई कुटनीतिक पहलमार्फत समस्याको समाधान खोज्न दबाब दिएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x