उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व चयन, को–को भए निर्वाचित ?
काठमाडौं। निजी क्षेत्रका उद्योगी व्यवसायीहरूको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व चयन भएको छ । महासंघको सोमबार र मंगलबार काठमाडौँको कमलादीमा भएको ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचनले चार उपाध्यक्षसहित ६८ सदस्यीय कार्यकारिणी निर्वाचित गरेको हो ।
साधारणसभामा हेमराज ढकाल र वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले छुट्टाछुट्टै प्यानल निर्माण गरेका थिए । नतिजाअनुसार दुवै प्यानलबाट मिश्रित ढङ्गले पदाधिकारी तथा सदस्य चयन भएका छन् ।अब महासंघको नयाँ नेतृत्व महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष अञ्जान श्रेष्ठले गर्नेछन् । दुई दशकभन्दा लामो समयदेखि नेपालको व्यावसायिक क्षेत्रमा राम्रो छवि बनाएका श्रेष्ठले आगामी तीन वर्ष महासंघको नेतृत्व गर्नेछन् ।श्रेष्ठको नेतृत्वमा साधारणसभा निर्वाचन प्रक्रियाबाट विजयी भएर आएका उपाध्यक्षहरू र कार्यकारिणी सदस्यहरूको नयाँ टोली रहनेछ ।जसमा वस्तुगततर्फ उपाध्यक्ष पदमा नरेशलाल श्रेष्ठ विजयी भएका छन् भने जिल्ला÷नगरतर्फ उपाध्यक्ष पदमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भएका छन् ।
तर, एसोसिएट तर्फको मतपरिणाम भने अहिलेसम्म आइसकेको छैन ।वस्तुगत समूहतर्फ २६ जना उमेदवारमध्ये अरनिको राजभण्डारी, नानिराज घिमिरे, पशुपति देव पाण्डे, विदुर धमला, भक्त बहादुर हमाल, रविन पुरी, राजकुमार कार्की, लिलेन्द्र प्रधान, संघर्ष विष्ट, सागर ढकाल र होमप्रसाद घिमिरे विजयी भएका छन् ।चार जनाको मत बराबरी भएका कारण चिठ्ठा प्रणालीबाट विजेता घोषणा गरिने भएको छ । त्यस्तै, वस्तुगत समूहका दुई महिला सदस्यमध्ये सुनिता न्हेम्हाफुकी विजयी भएकी छिन् ।
जिल्ला÷नगर खुल्लातर्फ सदस्यमा अर्जुनकुमार श्रेष्ठ, प्रयास कार्की, कृष्ण कातुवाल, लक्ष्मणराज पौडेल, छत्रधर आत्रेय, मोहनप्रसाद श्रेष्ठ, सन्तोष खड्का, दीपक नेपाल, केशवप्रसाद भण्डारी, हरिप्रसाद अर्याल, ताराबहादुर कार्की, शंकर गिरी, उज्ज्वलप्रसाद कसजु र सुदर्शन कार्की विजयी भएका छन् । यस्तै, गीता अमात्य र हिरा भट्टराई निर्वाचित भएका छन् ।साथै, वरिष्ठ उपाध्यक्ष पदमा नयाँ कार्यकारिणी समितिले चयन गर्नेछ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE