सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

बालेनले बोलाए संवैधानिक परिषद्को बैठक, प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने

काठमाडौं। प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । उनले बिहीबार साँझ ५ बजेका लागि बैठक आह्वान गरेका हुन् । प्रधान न्यायाधीशको सिफारिसलगायतका विषयमा छलफलका लागि बैठक बोलाइएको जनाइएको छ ।

राष्ट्रपतिबाट रामचन्द्र पौडेलले मंगलबार मात्रै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका थिए । जसअनुसार अबदेखि संवैधानिक परिषद्को बैठकको गणपूरक सङ्ख्या चार भए पनि पुग्ने भएको छ । अर्थात् ६ जनाको संवैधानिक परिषद् बैठक बस्न चार जना भए पनि हुने भएको छ । त्यस्तै परिषद् बैठकले कुनै पनि निर्णय गर्दा ३ जनाको बहुमत भए निर्णय गर्न मिल्नेछ ।

प्रधानमन्त्री अध्यक्ष हुने व्यवस्था रहेको संवैधानिक परिषद्को सदस्यहरूमा प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख, विपक्षी दलको नेता, प्रधान न्यायाधीश रहन्छन् । हाल प्रधानमन्त्री शाह छन् भने सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख रुवीकुमारी ठाकुर, विपक्षी दलको नेता कांग्रेसका भीष्मराज आङ्देम्बे छन् । सपना प्रधान मल्ल कायममुकायम प्रधान न्यायाधीश छिन् ।।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x