आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

कीर्तिपुरमा दिउँसै हतियार प्रहार गरी एक युवकको हत्या

काठमाडौं । कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या भएको छ ।कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा युवकको हत्या भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, विपिन घिमिरेमाथि दिउँसो साढे २ बजेको समयमा धारिलो हतियार प्रहार भएको थियो ।

गम्भीर घाइते भएका उनलाई उद्धार गरेर कीर्तिपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । प्रहरीका अनुसार साथी–साथीबीच झगडा हुँदा हतियार प्रहार भएको थियो ।हतियार प्रहार गर्नेको पहिचान भइसकेको र छिट्टै पक्राउ पर्ने एसपी भट्टराईले बताए । ‘हतियार प्रहार गर्नेका पहिचान भइसकेको छ । चाँडै पक्राउ गर्छौ ।हाम्रो टोली खटिरहेको छ’ एसपी भट्टराईले भने ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x