सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

सिरहाको छोटी भन्सार बन्द गर्ने सरकारी निर्णयको विरोधमा हुलाकीमार्ग अवरुद्ध

काठमाडौँ । सिरहाको बरियारपट्टीमा रहेको छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारी निर्णयको विरोधमा स्थानीयवासी तथा व्यापारी आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कारण हुलाकीमार्ग अवरुद्ध हुँदा सवारी आवतजावत प्रभावित बनेको छ ।

नेपाल सरकारले २०८३ वैशाख २१ गते राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै स्थानीयवासीले बरियारपट्टी गाउँपालिका–३ स्थित बरियारपट्टी चोकमा प्रदर्शन गरेका हुन् ।प्रदर्शनकारीहरूले सडकको बीचभागमा बेन्च राखेर बिहान करिब ८स्३० बजेदेखि हुलाकी मार्ग अवरुद्ध गरेका छन् । आन्दोलनका कारण पूर्व–पश्चिम आवागमन प्रभावित भएको स्थानीयले बताएका छन् ।

आन्दोलनरत पक्षले बरियारपट्टी छोटी भन्सार कार्यालय पुनस् सञ्चालन गर्नुपर्ने माग गर्दै सरकारको निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका छन् । स्थानीयका अनुसार भन्सार कार्यालय बन्द हुँदा सीमावर्ती क्षेत्रको व्यापार, राजस्व संकलन तथा स्थानीय आर्थिक गतिविधिमा प्रत्यक्ष असर पर्ने भएकाले आन्दोलन गर्न बाध्य भएको हो ।यता, जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी तथा प्रवक्ता रमेशबहादुर पालले आन्दोलनकारीसँग वार्ता तथा समन्वय भइरहेको जानकारी दिएका छन् । उनले अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको बताए ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी बासुदेव पाठक स्वयं घटनास्थलमा खटिएको जनाइएको छ ।प्रदर्शनमा बजार व्यवस्थापन समिति अध्यक्ष अम्बेय कुमार यादव, सुखीपुर उद्योग व्यापार समिति सचिव सञ्जय कुमार यादव, वडा अध्यक्ष विनोद यादवलगायत स्थानीयवासीको सहभागिता थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x