१ कार्तिक २०८३, शनिबार

४० परिवार सुकुमबासीलाई होटलबाट नागार्जुन अपार्टमेन्टमा सारियो

0
Shares


काठमाडौँ । गोङ्गबु बसपार्कका विभिन्न होटलहरूमा बस्दै आएका सुकुमबासी बस्तीका नागरिकहरूलाई नागार्जुन अपार्टमेन्ट पुर्‍याइएको छ । ४० परिवारका ९३ जनालाई सो अपार्टमेन्टमा राखिएको हो ।

शुक्रबार साँझ उनीहरूलाई त्यहाँ पुर्‍याइएको हो । आधारभूत सुविधा समेतको पूर्व व्यवस्था नगरी अपार्टमेन्टमा सारिएको उनीहरूको गुनासो छ । कसले यहाँ ल्यायो भन्ने सम्म जानकारी आफूहरूलाई नरहेको पीडितहरूको भनाइ छ ।
अधिकांश परिवारमा दीर्घ रोगी समेत भएकाले अस्पताल आउजाउ गर्न सहजीकरण गरिदिनु पर्ने उनीहरूको माग रहेको छ ।