आइतवार, बैशाख २७, २०८३
Sunday, May 10, 2026

रास्वपा प्रशिक्षण समापन : परिणाममुखी काम र गुटबन्दीविरुद्ध रवि लामिछानेको कडा सन्देश

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी पाँच वर्ष परिणाममुखी काम गर्न नसके आफूहरू अयोग्य सावित हुने बताएका छन् । आईतवार पार्टीका सांसदहरूका लागि ललितपुरमा आयोजना गरिएको दुई दिने प्रशिक्षण कार्यक्रमको समापन सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

केही सांसदहरुले पार्टीमा योगदानको नाममा व्यक्तिगत व्यक्तिगत अपेक्षा राखेर आफू कहाँ आउने गरेको उल्लेख गर्दै योगदानको मूल्य माग्ने समय भइनसकेको स्पष्ट पारे। पार्टीले सहज रूपमा राजनीतिक उचाइ हासिल गरेको भएपनि त्यसको आधार विगतका राजनीतिक आन्दोलन र परिवर्तनले तयार पारेको उनको भनाय छ । फरक विचार, सिद्धान्त र राजनीतिक दृष्टिकोण भएपनि अघिल्ला पुस्ताका नेताहरूले गरेको संघर्षकै जगमा यो क्रान्ती सम्भव भएको उनको भनाइ छ ।उनले आफ्नो अभिव्यक्ति र क्रियाकलापहरुले आम नागरिकमा चोट पुग्ने कुरामा सचेत हुन सबै सांसदहरुलाई आग्रह गरे ।

सभापति लामिछानेले पार्टी सांसदहरुलाई गुटबन्दीमा नलाग्न निर्देशन दिए ।उनले रविको मान्छे र बालेनको मान्छे हो भन्दै हल्ला गर्ने गरेको भन्दै पार्टीभित्र त्यस्तो कुनै गुटबन्दी नगर्न निर्देशन दिएका हुन् । ७० वर्षअघि राजनीतिक रुपमा मिल्नुपर्ने व्यक्तिहरु नमिलेकै कारण नेपाल ७० वर्ष पछाडि धकेलिएको टिप्पणी गर्दै उनले प्रधानमन्त्री साह र आफूबीच कुनै व्यक्तिगत मुद्दाका लागि एकता नभएको बताए । आफूहरुलाई फुटेको चाहना राख्ने सञ्चारमाध्यमहरुप्रति असन्तुष्टि व्यक्त गर्दै आफूहरु राजनीतिक रुपमा परिपक्व भएको बताउदै उनले आफूहरु नयाँ भएपनि बेवकुफ नभएको उल्लेख गरे । उनले फरक प्रसंगमा बोल्दै सुकुम्बासीहरुको व्यवस्थापनका लागि सरकार लागिपरेको उल्लेख गर्दै कसैलाई पनि घरबारविहीन नबनाइने स्पष्ट पारे ।सभापति लामिछानेले संवैधानिक घेराभित्र रहेर योग्यमध्येबाट एक जनालाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको विषयलाई ‘सडक बहस’ बनाउन नहुने बताए ।

संवैधानिक परिषद्मा आएका नामहरुमध्येबाट बहुमतले एकजनालाई प्रधानन्यायाधीशमा सिफारिस गर्नेकुरा कसरी असंवैधानिक भयो ? प्रश्न गरे । उनले प्रधानन्यायाधीश नियुक्तिको परम्परा भत्काएको आरोपप्रति आपत्ति जनाउँदै पुरानै अभ्यास कायम राखिएको भए अहिले पनि संवैधानिक परिषद्मा भागबण्डाकै चलिरहने टिप्पणी गरे ।रास्वपाले संसद्लाई प्रभावकारी बनाउन र सांसदहरूको कानुनी एवं नीतिगत सीप विकास गर्न प्रशिक्षण कार्यक्रम राखेको हो ।कार्यक्रमको पहिलो दिन महामन्त्री भूपदेव शाहले पार्टी, सरकार र सदनबीचको समन्वयकारी सम्बन्धका बारेमा प्रशिक्षण दिएका थिए ।यस्तै, संसदीय दलका उपनेता गणेश पराजुलीले संसदीय समितिहरूमा सांसदहरूले खेल्नुपर्ने भूमिका तथा सांसद निशा डाँगीले संसदीय अभ्यास एवं दलीय समन्वयमा सचेतकको भूमिकाबारे प्रष्ट पारेका थिए । यस्तै सचेतक क्रान्तिशिखा धितालले राजनीतिक मनोविज्ञान, व्यवहार र उच्च नैतिक आचरणका बारेमा प्रशिक्षण दिएकी थिइन् भने परराष्ट्र मन्त्री शिशिर खनालले अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध र राजकीय मर्यादाका प्राविधिक पक्षहरूबारे जानकारी गराएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x