टर्किस एयरको विमानको पांग्रामा आगलागीः सबै २७७ यात्रु सुरक्षित
काठमाडौं । स्तानबुलबाट आएको टर्किस एयरलाइन्सको जहाज काठमाण्डौ विमानस्थलमा अवतरण गर्ने क्रममा पाङग्रामा अचानक लागेको आगो निभाइएको छ ।
आज बिहान अवतरण गर्ने क्रममा जहाजको पाङ्ग्राबाट धुवाँ उडेको देख्नेबित्तिकै दमकलले निभाएको थियो । जहाजमा रहेका सबै यात्रुहरूलाई आकश्मिक ढोका प्रयोग गरी सुरक्षित रूपमा बाहिर निकालिएको छ । सबै यात्रु सकुशल रहेको विमानस्थलले जनाएको छ । आगलागीको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ ।
प्रारम्भिक रूपमा पाङ्ग्राको प्राविधिक समस्या वा अत्यधिक घर्षणका कारण आगो देखिएको हुन सक्ने अनुमान गरिएको छ ।
जहाजको पाङग्रामा आगो लागेपछि काठमाण्डौ विमानस्थलबाट हुने अरु जहाजको उडान र अवतरण केही घण्टा सम्म रोकिएको थियो । काठमाण्डौ आउँदै गरेका जहाज आकाशमै फन्को लगाइरहेका थिए तर पछि अवस्था सामान्य भएपछि विमानस्थल पुनः सुचारु भएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE