आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

आन्ध्र महासागरमा यात्रारत पानीजहाजमा हन्टाभाइरसको प्रकोप

काठमाडौँ । प्राणघातक ‘हान्टाभाइरस’ को चपेटामा परेको क्रुज पानीजहाज ‘एमभी होन्डियस’ मा रहेका अन्तिम यात्रु र चालक दलका सदस्यको उद्धार गरी नेदरल्यान्ड्स पु¥याइएको छ ।

सोही क्रममा स्वदेश फिर्ता गरिएका एक अमेरिकी यात्रुमा भने श्वासप्रश्वास सम्बन्धी यो संक्रमण पोजिटिभ देखिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । नेदरल्यान्ड्सको विदेश मन्त्रालयका अनुसार क्यानरी टापुमा रोकिएको उक्त पानीजहाजबाट सोमबार दुई वटा विमानमार्फत ६ यात्रु र १९ चालक दलका सदस्यसहित २८ जनाको उद्धार गरिएको हो । अमेरिकी अधिकारीका अनुसार हाल १८ जना अमेरिकी नागरिकलाई क्वारेन्टिनमा राखेर लक्षणको निगरानी भइरहेको छ । प्रभावित पानीजहाजबाट सबैको उद्धार गरिए पनि संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाइएको छ ।

यता विश्व स्वास्थ्य संगठनले भने यो भाइरसको प्रकोपबाट सार्वजनिक जनस्वास्थ्यमा हुने जोखिम अझै पनि न्युन रहेको दाबी गरेको छ । हान्टाभाइरस मुख्यतया मुसा वा जनावरको मलमूत्र र ¥यालबाट मानिसमा सर्ने गर्दछ ।।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x