आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

पञ्जाबको लगातार चौथो हार : शीर्ष स्थानमा उक्लिने मौका गुम्यो , दिल्ली ३ विकेटले विजयी

काठमाडौँ ।इन्डियन प्रिमियर लिग क्रिकेटमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।

गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले पञ्जाव किंग्सलाई तीन विकेटले हराएको छ । धर्मशालामा टस हारेर पहिला ब्याटिङ गरेको पञ्जावले ५ विकेट गुमाएर २१० रन बनाएको थियो । पञ्जावले दिएको २११ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो । पञ्जाब किंग्सको यो लगातार चौथो हार हो । आईपीएल अङ्क तालिकामा पञ्जाव ११ खेलमा १३ अङ्कका साथ तालिकाको चौथो स्थानमा छ । त्यस्तै दिल्ली १२ खेलमा १० अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ ।

आईपीएल क्रिकेटमा आज बेलुका पौने ८ बजे सनराइसर्ज हैदरावाद र गुजरात टाइटन्सले खेल्दैछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x