सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

काठमाडौंसहित यी जिल्लामा पानी पर्ने, वर्षाको सम्भावना कहाँ कति ?

काठमाडौँ । देशका धेरै स्थानमा आज पनि वर्षाको सम्भावना रहेको छ ।

कतिपय स्थानमा बिहानदेखि पानी परेको छ । सोमबार पनि दिउँसो र राति पनि धेरै स्थानमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मंगलबार दिउँसो पोखरा, जिरी र ताप्लेजुङमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना ७० प्रतिशत छ ।काठमाडौं, ओखलढुंगा, धनकुटा र जोमसोममा मध्यम वर्षाको सम्भावना ६० प्रतिशत रहेको विभागले जनाएको छ । यस दिन डडेलधुरा, दिपायल, जुम्ला, घोराही, भैरहवा, सिमरा, धरानलगायत स्थानमा पनि वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

पश्चिमी वायुको सक्रियता फेरि बढेकाले वर्षा पुनः सुरु भएको मौसमविद्हरुको भनाइ छ । लगभग जेठको मध्यसम्म हरेक दिन वर्षा हुने देखिएको बताइएको छ । यस वर्ष गर्मी पनि बढ्ने विभागको पूर्वानुमान छ ।।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x