मुलुकमा देखिएको भ्रष्टाचार नियन्त्रणमा कठोर कदम चल्न आवश्यक रहेको सांसदहरुको जोड
काठमाडांै। मुलुकमा देखिएको भ्रष्टाचार नियन्त्रणमा कठोर कदम चल्न आवश्यक रहेको सांसदहरुले बताएका छन् । मंगलवार बसेको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुले मुलुकमा देखिएको भ्रष्टाचारका कारण मुलुक ग्रेलिस्टमा परेको र त्यसबाट बाहिर निस्कनका लागि सरकार निर्मम बन्नुपर्ने बताएका हुन् । सांसदहरुले मुलुकमा सुशासन कायम गर्न लेखा समिति अब कडाइका साथ प्रश्तुत हुनुपर्ने बताए । बैठकमा बोल्दै सांसद वर्षमान पुनले सार्वजनिक लेखा समितिको भुमिका अपेक्षाकृत कमजोर देखिएको स्वीकार गर्दै यसको प्रभावकारिता बढाउनुपर्नेमा जोड दिए ।
सभापति भरतबहादुर खड्काले सार्वजनिक लेखा समिति संसदीय समितिहरूमध्ये अत्यन्त महत्वपूर्ण भएको उल्लेख गर्दै आर्थिक अनुशासन र वित्तीय सुशासन कायम गर्नु यसको प्रमुख जिम्मेवारी भएको बताए । उनले विगतमा पनि समितिले सकारात्मक काम गरेको उल्लेख गर्दै अब अझ बढी जवाफदेही, पारदर्शी र प्रभावकारी ढंगले काम गर्ने प्रतिवद्धता जनाए ।
सांसद खुस्बु ओलीले हाल नेपाललाई एफएटीफले ग्रे लिस्टमा राखेको बताउँदै यो अवस्थालाई गम्भीर चुनौतीका रूपमा लिनुपर्ने बताइन् । उनले मुलुकलाई उक्त सूचीबाट बाहिर निकाल्न समिति सक्रिय हुनुपर्ने आवश्यकता औंल्याइन् । यस्तै सांसद विक्रम थापाले सूचना प्रविधिमा आधारित प्रणालीमार्फत लेखा समितिको काम अघि बढाउनुपर्ने बताए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE