आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

अर्घाखाँची बस दुर्घटनामा मृतकको संख्या ४ पुग्यो

काठमाडांै। अर्घाखाँचीमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ जना पुगेको छ । मृतकमा ३ महिला र एक पुरुष रहेका छन् ।

सुपा देउराली मन्दिर दर्शनपछि फर्किँदै गरेका पर्वतका यात्रु सवार बस पाणिनी गाउँपालिका–८ दुर्गाफाँटस्थित कुडेलेमा दुर्घटना भएको थियो । ध १ ख ५०४ नम्बरको रिजर्भ बस दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक दिवस जिसीले जानकारी दिए ।

करिब ३० जना सवार बस सडकबाट करिब १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।र्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी जिल्ला अस्पताल अर्घाखाँची तथा मिसन अस्पताल पाल्पा पठाइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x