आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

अमेरिकी राष्ट्रपति पर्सि बेइजिङ जाँदै

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प चीन भ्रमणको निम्ति बेइजिङतर्फ प्रस्थान गरेका छन् ।अमेरिकी राष्ट्रपतिको चीन भ्रमण झन्डै एक दशकपछि हुन लागेको हो ।

यो विश्वका सबैभन्दा ठूला दुई अर्थतन्त्रबीचको सम्बन्धमा निर्णायक क्षण हुने ठानिएको छ । ट्रम्पसँगै अमेरिकाका सबैभन्दा ठूला कम्पनीका कार्यकारीहरू पनि बेइजिङ पुग्दैछन् । बोइङ, सिटी ग्रुप र क्वोलकमका कार्यकारीहरू चिनियाँ कम्पनीहरूसँग सम्भाव्य सम्झौताका लागि जान लागेको बताइएको छ । भ्रमणअघि अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्न आफूलाई चीनको सहयोग आवश्यक नपर्ने बताएका छन् । चिनियाँ नेता सी जिनपिङसँगको उच्चस्तरीय भेटघाटका लागि बेइजिङ प्रस्थान गर्नुअघि वासिङ्टन डिसीमा सञ्चारकर्मीहरूसँग बोल्दै ट्रम्पले अमेरिकाले जुनसुकै हालतमा यो युद्ध जित्ने दाबी गरेका हुन् ।

उनले सुरुमा राष्ट्रपति सीसँग इरानका बारेमा लामो कुराकानी हुने बताए पनि केही मिनेटमै आफ्नो भनाइ बदल्दै इरान पूर्ण रूपमा नियन्त्रणमा रहेकाले यस विषयमा छलफल गर्नु आवश्यक नरहेको उल्लेख गरेका छन् । बुधबार साँझ बेइजिङ पुग्ने ट्रम्पले बिहीबार स्टेट डिनरमा सहभागिता जनाउने र शुक्रबार सीसँग दिवाभोजमा वार्ता गर्ने तालिका रहेको छ । सन् २०२५ जनवरीमा दोस्रो कार्यकाल सुरु भएपछि ट्रम्पको यो पहिलो चीन भ्रमण हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x