आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

सहज जितसँगै गुजरात शीर्षस्थानमा

काठमाडौँ ।सनराइजर्स हैदराबादविरुद्व ८२ रनको सहज जित निकाल्दै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्षस्थानमा उक्लिएको छ ।

जितसँगै गुजरातले प्लेअफ सम्भावनालाई थप बलियो बनाएको छ । मंगलबार अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा घरेलु टोली गुजरातले प्रस्तुत गरेको १६९ रनको लक्ष्य पछ्याएको हैदराबाद १४.५ ओभरमा ८६ रनमै समेटियो । हैदराबादका कप्तान प्याट कमिन्सले सर्वाधिक १९ रन बनाए । सलिल अरोराले १६, हेनरिक क्लासेनले १४ तथा इशान किशनले ११ रन जोडे ।

लगातार पाँचौँ तथा समग्रमा आठौँ जितसँगै गुजरातले १२ खेलमा १६ अंक जोडेको छ । पराजित हैदराबाद समान खेलबाट १४ अंकका साथ तेस्रो स्थानमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x