आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

सरकारको नीति तथा कार्यक्रममा स्पष्ट मार्गचित्र नभएको विपक्षीको टिप्पणी

काठमाडौं। प्रतिनिधि सभाको बिहिबारको बैठकमा आगामी बर्षको नीति तथा कार्यक्रम माथि छलफल भएको छ । बैठकमा नीति तथा कार्यक्रममाथि संसोधन कर्ताहरुले आफ्ना भनाइ राखेका हुन् ।

आफ्ना धारणा राख्ने क्रममा नेकपा एमालेका सांसदहरुले सरकारले संघीय संसदमा प्रश्तुत गरेको नीति तथा कार्यक्रम जनअपेक्षाअनुसार आउन नसकेकोे आरोप लगाएका छन् । सरकारले ल्याउको नीति तथा कार्यउक्रममा शासकीय स्वरुप, आर्थिक तथा समाजिक कुनै पनि कुराको स्पष्ट मार्गचित्र नभएको उनिहरुको आरोप छ । उनीहरुले गरिब तथा विपन्न नागरिकका लागि नीति तथा कार्यक्रममा ठोस कार्यक्रम नआएको बताए । नीति तथा कार्यक्रम केवल घोषणामैत्री मात्रै बनेको उनी हरुले टिप्पणी छ ।

शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, आत्मनिर्भर अर्थतन्त्र केहीलाई पनि नीति तथा कार्यक्रमले समेट्न नसकेको उनीहरुको भनाई छ । सरकारले जनताको भरोसा, अपेक्षा र प्रश्नको जगमा उभिएर नीति तथा कार्यक्रम ल्याउन नसकेको उनिहरुको आरोप छ । सरकारकै प्रधानमन्त्री र मन्त्रीहरू नीति तथा कार्यक्रमप्रति उदासीन देखिएको आरोप लगाउदै उनिहरुले नीति तथा कार्यक्रम सरकार आफैंले लेखेको हो कि कतैबाट ल्याइएको हो ? भन्ने प्रश्न उठाए ।
यस्तै नेपाली कम्युनिष्ट पार्टीका सांसदहरुले सरकारको नीति तथा कार्यक्रममा स्पष्ट दृष्टिकोणको अभाव रहेको बताएका छन । त्तारुढ दलकै सभापतिले उठाएको व्यवस्था परिवर्तनपछि अब अवस्था परिवर्तनको नारासँग सरकारको नीति तथा कार्यक्रम मेल नखाएको उनीहरुको टिप्पणी छ । नीति तथा कार्यक्रमले संविधानको मर्मअनुसार समाजवाद उन्मुख अर्थतन्त्रको स्पष्ट राजनीतिक गन्तव्य बोक्नुपर्नेमा उनिहरुको जोड छ ।

सुशासन, सार्वजनिक सेवा प्रवाह र समन्यायिक वितरणमार्फत समृद्ध राष्ट्र निर्माण गर्ने सरकारको लक्ष्य सकारात्मक भएपनि यसको वैचारिक धरातल र कार्यक्रमिक आधार स्पष्ट हुनुपर्ने उननीहरुको भनाइ छ । संविधानले मार्गनिर्देश गरेको समानुपातिक र समावेशी सिद्धान्तमा आधारित समतामूलक समाज निर्माणको सङ्कल्प नीति तथा कार्यक्रममा ओझेलमा परेको उनिहरुको भनाइ छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x