आज दिउँसो देशका धेरैजसो सहरहरूमा पानी पर्ने
काठमाडौं । आज देशका धेरैजसो सहरहरूमा दिउँसो पानी पर्ने सम्भावना रहेको छ ।
दिउँसोको समयमा देशका सबैजसो प्रमुख स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । डडेल्धुरा, दिपायल, धनगढी, वीरेन्द्रनगर, नेपालगन्ज, जुम्ला, घोराही, सिमरा र विराटनगरमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ ।
यसैगरी पोखरा, काठमाडौं, ओखलढुङ्गा, धनकुटा, जोमसोम, धरान, जनकपुर, जिरी र ताप्लेजुङमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ ।
आज दिउँसोको समयमा भैरहवामा भने आंशिक बादल मात्र लाग्नेछ । तापक्रमको अवस्था हेर्दा आज दिउँसो दिपायल, धनगढी, नेपालगन्ज र जनकपुर सबैभन्दा गर्मी हुने सम्भावना छ ।
आज रातिको समयमा भने पश्चिमी र तराईका केही सहरहरूमा मौसम खुल्नेछ। डडेल्धुरा, दिपायल, धनगढी, वीरेन्द्रनगर, नेपालगन्ज, जुम्ला, घोराही, भैरहवा र सिमरामा राति पानी पर्ने सम्भावना छैन र यी स्थानको मौसम ‘आंशिक बादल’ रहनेछ ।
तर, मध्य र पूर्वी क्षेत्रका बिभिन्न ठाउमा भने राति पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहनेछ ।।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE