आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

नेपाली काँग्रेस व्यक्तिमुखी होइन, कार्यक्रममुखी बन्नुपर्छः संविधानविद् अधिकारी

काठमाडौं । संविधानविद् विपिन अधिकारीले मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली काँग्रेसले आफ्नो ऐतिहासिक विरासत र आधारभूत सिद्धान्तलाई बिर्संदै गएको टिप्पणी गरेका छन् ।

उनले कांग्रेस अब व्यक्तिमा आधारित नभई स्पष्ट कार्यक्रम र नीतिमा आधारित पार्टीका रूपमा रूपान्तरण हुनुपर्नेमा जोड दिएका हुन् । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सिंगापुरको ‘पिपल्स एक्सन पार्टी’ ९पीएपी० को उदाहरण दिँदै अधिकारीले कुनैपनि राजनीतिक दल सफल हुनका लागि दीर्घकालीन दृष्टिकोण, अनुशासन र व्यावहारिक राजनीति ९प्राग्मटिज्म० आवश्यक हुने बताए । विपी कोईरालाको समयमा काँग्रेस एक असाधारण र उत्कृष्ट पार्टी रहेको स्मरण गर्दै अधिकारीले तत्कालीन समयमा सिमित स्रोतसाधन र कठिन परिस्थितिका बाबजुद पनि नेताहरूमा उच्च राजनीतिक प्रतिवद्धता रहेको उल्लेख गरे । विपीले प्रतिपादन गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मर्म अहिले हराउँदै गएको उनको तर्क छ ।

पार्टी व्यक्ति विशेषको इच्छामा नभई तय गरिएका नीति र कार्यक्रमका आधारमा चल्नुपर्ने,राष्ट्रिय स्तरमा लोकतन्त्रको वकालत गर्नुअघि दलभित्रै लोकतान्त्रिक अभ्यास र अनुशासन मजबुत हुनुपर्ने, दोस्रो र तेस्रो पुस्ताका नेताहरूलाई नेतृत्वका लागि तयार पार्नुपर्छ र नेतृत्वमा पुग्ने प्रक्रियालाई पारदर्शी बनाउनुपर्ने उनको सुझाव छ ।

उनले भने, ‘सिंगापुर निर्माणमा पीएपीको अनुशासन, स्वच्छ छवि र कठोर सङ्घर्षले काम गरेको छ । हाम्रो सन्दर्भमा काँग्रेसले आफ्नो आदर्श र भुइँतहका मुद्दाहरूलाई छोड्दै गएको देखिन्छ । कुनै समय काँग्रेसको एजेण्डामा कृषि र किसान प्राथमिकतामा थिए । सुवर्ण शमशेरले प्रश्तुत गरेको बजेटदेखि विपीका नीतिहरूमा भुइँतहका मानिसको अवस्था सुधार्ने स्पष्ट मार्गचित्र थियो । अहिले ‘जोत्नेको जमिन’ जस्ता आधारभुत सिद्धान्तहरू हराएका छन् र पार्टीले किसान सङ्गठन तथा ग्रामीण मुद्दाहरूसँगको सम्बन्ध गुमाउँदै गएको छ ।’

विश्वका अन्य लोकतान्त्रिक पार्टीहरूको चर्चा गर्दै उहाँले न्युजिल्याण्डको लेबर पार्टी, स्विडेनको सोसल डेमोक्रेटिक पार्टी र जर्मनीका विभिन्न राजनीतिक दलहरूले गठबन्धन संस्कृतिमा रहेर पनि कसरी आफ्नो मूल्यमान्यता र अनुशासन कायम राखेका छन् भन्नेबारे सिक्नुपर्ने बताए। संविधानविद् अधिकारीले काँग्रेसभित्रको लोकतन्त्र र नेतृत्व हस्तान्तरणको विषयमा पनि प्रश्न उठाए । सत्ता केन्द्रित राजनीतिका कारण पार्टीका मूल्यमान्यताहरू कमजोर बन्दै गएको भन्दै अधिकारीले चुनावी हार वा पराजयलाई पनि लोकतान्त्रिक वैधताको हिस्साका रूपमा स्वीकारेर गल्तीहरू सुधार्नुपर्ने सुझाव दिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x