प्रधानन्यायाधीशमा सिफारिस भएका मनोज कुमार शर्माविरुद्ध संसदीय समितिमा सातवटा उजुरी
काठमाडौं ।। प्रधानन्यायाधीशमा सिफारिस भएका मनोज कुमार शर्माविरुद्ध संसदीय समितिमा सातवटा उजुरी परेका छन् । संसदीय सुनुवाइ समितिले गएको वैशाख २५ गते शर्माविरुद्ध उजुरी आह्वान गरेको थियो ।
उजुरी दिन सकिने म्याद सोमबार सम्म रहेको छ । शर्माविरुद्ध परेका उजुरीमाथि मंगलबारदेखि अध्ययन शुरु गर्ने समितिको तयारी छ । गएको वैशाख २४ गते संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको थियो ।
संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने कानुनी व्यवस्था छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE