आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

पार्टीलाई कार्यालयभित्र मात्र नखुम्च्याउन सभापति गगनको आग्रह

 काठपार्टीलाई कार्यालयभित्र मात्र नखुम्च्याउन सभापति गगनको आग्रह माडौं। नेपाली कांग्रेस सभापति गगन थापाले पार्टीलाई कार्यालयभित्र मात्र नखुम्च्याउन आग्रह गरेका छन् । सोमबार काभ्रेको धुलिखेलमा आयोजित पार्टीको वाग्मती प्रदेशस्तरीय भेलामा सभापति थापाले पार्टी धेरैमाथि र गहिरो रहेको बताउदै कांग्रेसलाई एउटा पार्टी कार्याभित्र नखुम्च्याउन आग्रह गरेका हुन् ।

कांग्रेस भनेर गौरव गर्नेहरू अनगिन्ती पात्र रहेको उनको भनाइ छ ।उपसभापति विश्वप्रकाश शर्माले नेतृत्वको अबको नीति गुट भत्काएर पार्टी बनाउने रहेको बताए । विशेष महाधिवेशनमा सहभागीलाई मात्रै जिम्मेवारी दिइयो भने विभाजनलाई बल पुग्ने बताउदै उनले विशेषमा सहभागी नभएकालाई पनि समेटेर क्रमशः जिम्मेवारी दिइँदै गएको दाबी गरे ।

उपसभापति शर्माले उनले पार्टीका क्रियाशील सदस्यहरूलाई सदस्यता अद्यावधिक गर्न पनि आग्रह गरे । सदस्यता अद्यावधिकमा कसैका प्रति अशांका र अविश्वास गर्न आवश्यक नभएको उनको भनाइ छ ।।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x