प्रधानन्यायाधीशमा डा. मनाेज शर्मा सुनुवाइ समितिबाट सर्वसम्मत अनुमाेदित
काठमाडौं। सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा न्यायाधीश डा मनोजकुमार शर्मा सर्वसम्मत अनुमोदित भएका छन् ।संसदीय सुनुवाइ समितिले मंगलबार सुनुवाइ गर्दै शर्मालाई भावी प्रधानन्यायाधीशमा अनुमोदन गरेको सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
सुनुवाइ समितिबाट अनुमोदन भएसँगै शर्मालाई अब राष्ट्रपतिले प्रधानन्यायाधीश पदमा नियुक्त गर्नेछन् । शर्माको सपथ पनि आजै राष्ट्रपति निवास शीतल निवासमा हुने तयारी छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE