सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

आज धनगढी–दिपायल र नेपालगञ्जमा अत्याधिक गर्मी, तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आज देशका तराई र पहाडी भेगमा गर्मी बढेको छ ।

अन्य केही ठाउँमा भने पानी परेको छ । गए राति पूर्वी र मध्य भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । तराई क्षेत्रमा भने तापक्रम बढ्दो छ । धनगढी, दिपायल र नेपालगञ्जको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । आज र भोलि पनि गर्मी बढ्ने तथा केही ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागको थोरै ठाउँहरूमा, मधेश प्रदेश तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका साथै बागमती र गण्डकी प्रदेशका तराई भू भागका एक, दुई ठाउँमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको मौसम विभागले जनाएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागमा तापक्रम बढ्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भोलिको मौसम पनि यस्तै हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x