भक्तपुरको गुन्डुमा एमाले सचिवालय बैठक, कार्यविभाजन टुंगो लगाइँदै
काठमाडौं। नेकपा एमालेको केन्द्रिय सचिवालय बैठक जारी छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित निवासमा जारी बैठकबाट पार्टीका नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिन लागिएको जनाइएको छ ।
गत जेठ ५ गतेको सचिवालय बैठकमा अध्यक्ष ओलीले प्रश्तुत गरेको कार्यविभाजन सम्बन्धी प्रश्तावमाथि छलफल गरी आज त्यसलाई टुङ्ग्याउने तयारी रहेको छ । बैठकले पारित गरेको कार्यविभाजनलाई अन्तरपार्टी निर्देशन (अपानि) मार्फत मातहतका कमिटी र सम्बन्धित नेताहरूलाई पठाइने एमालेले जनाएको छ ।
११ औँ महाधिवेशनपश्चात यसअघि नेताहरूको अस्थायी कार्यविभाजन मात्र गरिएको थियो । आगामी स्थानीय तहको निर्वाचनलाई मुख्य लक्ष्य बनाएर एमालेले यसपटक नेताहरूलाई नयाँ ढङ्गले जिम्मेवारी सुम्पिन लागेको हो ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE