सरकारलाई नेकपा सांसद राई भन्नु भयो, गरिव र निमुखालाई पनि बाँच्न देऊ
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० की राष्ट्रिय सभा सांसद जयन्तिदेवी राईले गरिव निमुखा जनतालाई पीडा दिने काम नगर्न सरकारलाई सचेत गराएकी छन्। शुक्रवार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सुकुम्बासी बस्तीमा सरकारले अतिपीडा दिएको उल्लेख गर्दै उनीहरुको बाँच्न पाउने अधिकार हनन नगर्न सरकारको ध्यानाकर्षण गराएकी हुन । सरकारले गरिव र निमुखा नागरिकलाई बाँच्न पाउने अधिकार समेत हनन गरेको सांसद राईको आरोप थियो । उनले सुकुम्बासी बस्तीबाट विस्ताथित भएकाहरुको ज्यान जान अवस्था बढदै गएकाले सरकारले उनीहरुका लागि गाँस,बासको व्यवस्था तत्काल मिलाउनुपर्ने बताइन ।
सांसद राईले भनीन् ,‘सरकार गरिव निमुखलाई पनि बाच्न देउ । तपाईसँग धेरै जनताले ठूलो अपेक्षा राखेको छ । यो दूर्दशा हेर्नका लागि होइन तपाईको सरकार । यो कुरा सरकारले हेक्का राखोस । म हुम्ला र बाजुरमा सीमा विवादको विषयलाई लिएर त्यहाँ झडप भएको छ । हातपात भएको छ । यो गम्भिर विषय हो । यस्ता विषय बढदै गयोभने त्यहाँ अरु नराम्रो घटना हुने अवस्था हामीले सुनेका छौ । यो विषयमा के भएको हो रु सत्यतथ्य पत्ता लगाएर सो समस्या बेलैमा समाधान गरोस भन्ने आग्रह पनि म सरकारसँग गर्न चाहन्छु ।’
सांसद राईले हुम्ला र बाजुरा जिल्लामा सीमा विवादका कारण कुटपिटको घटना समेत भएको उल्लेख गर्दै त्यस्ता घटना हुन नदिनका लागि पनि सरकारलाई सचेत गराएकी छन्।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE