आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

मधेसका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

काठमाडौं। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत पाएका छन्। शुक्रबार बसेको प्रदेशसभा बैठकमा बहुमत प्रदेशसभा सदस्यहरूले यादवको पक्षमा मतदान गरेका थिए ।

मुख्यमन्त्री यादवको पक्षमा ६२ र विपक्षमा ३६ प्रदेशसभा सदस्यहरूले मतदान गरेका थिए। प्रदेशसभा बैठकमा १०० प्रदेशसभा सदस्यहरूको उपस्थिति रहेको थियो । एमालेलाई मधेस सरकारमा सामेल गराएपछि कांग्रेससँगै मुख्यमन्त्री यादवलाई एमाले, नेपाली कम्युनिस्ट पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरूले समर्थन गरे ।

यता जसपा नेपालका मन्त्रीहरूलाई बर्खास्त गरेको र आफूहरूसँग विश्वासको मात औपचारिक रूपमा नमागिएको भन्दै जसपा नेपालले मुख्यमन्त्री यादवको विपक्षमा मतदान गरेको थियो ।त्यस्तै जनमत पार्टी र राप्रपाका प्रदेशसभा सदस्यहरूले समेत मुख्यमन्त्रीलाई विश्वासको मत दिएनन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x