आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ६८ प्रतिशत, आगामी सेप्टेम्बरदेखि यातायात सञ्चालन गर्ने लक्ष्य

काठमाडौं । निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आयोजनाको भौतिक प्रगति ६८ प्रतिशत पुगेको छ ।

आयोजनाकाअनुसार हालसम्मको वित्तीय प्रगति भने ५८ प्रतिशत रहेको छ । पाँच वर्षको निर्माण अवधि तोकिएको यस आयोजनामा डिजाइन, स्वीकृत र निर्माणको सम्पूर्ण जिम्मेवारी निर्माण व्यवसायीकै रहने गरी ‘इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन’ मोडलमा काम भइरहेको छ । निर्माण सम्पन्न भएपछि आगामी पाँच वर्षसम्म सम्बन्धित ठेकेदार कम्पनीले नै यसको सञ्चालन, मर्मतसम्भार र सुरक्षाको जिम्मा लिने व्यवस्था गरिएको छ । त्यसपछिको थप पाँच वर्ष ‘ल्याटेन्ट डिफेक्ट लायबिलिटी पिरियड’ का रूपमा रहने आयोजनाले जनाएको छ । आगामी सेप्टेम्बर महिनाभित्र सुरुङमार्गमार्फत यातायात सञ्चालनमा ल्याउने गरी काम तिब्र पारिएको आयोजनाका प्रमुख राजेश पौडेलको भनाइ छ ।

सुरुङ मार्गसँगै एप्रोच सडक (मेन रोड १ र २) मा ‘रिजिड पेभमेन्ट’ गर्ने कार्यको समेत स्वीकृति प्राप्त भइसकेको छ । सुरुङभित्रबाट यातायात सञ्चालन भएपछि बाहिरको जोखिमयुक्त क्षेत्रमा ‘रकसेड’ र ‘स्लोप प्रोटेक्शन’ (भीर संरक्षण) का कामहरू गरिनेछन् । पैदल यात्रीका लागि रकसेडभित्रको बाटो प्रयोगमा ल्याइने र बाहिरी भागबाट खानेपानीको व्यवस्थापन गरिने योजना छ ।यो आयोजनाको शुरुवाती लागत अनुमान करिव १० अर्ब रुपैयाँ रहे पनि प्रतिष्पर्धात्मक ठेक्का प्रक्रियामार्फत करिव ७ अर्ब रुपैयाँमा सम्झौता भएको हो । सिद्धार्थ राजमार्गको यो खण्ड अत्यन्तै जोखिमयुक्त रहेकाले यात्राको दूरी छोट्याउनु भन्दा पनि पहिरोजन्य जोखिमबाट जनधनको क्षति रोक्नु र सुरक्षित यात्रा सुनिश्चित गर्नु यस सुरुङमार्गको मुख्य उद्देश्य रहेको आयोजनाले स्पष्ट पारेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x