सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

पोखरा महानगरभित्र ८१ हजार रोपनी सार्वजनिक जग्गा, संरक्षण अभियान तिब्र पारिने

काठमाडौं।पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगर क्षेत्रभित्र करिव ८१ हजार १५५ रोपनी सार्वजनिक जग्गा रहेको जानकारी दिएका छन्।
महानगरका विभिन्न क्षेत्रमा रहेका डिल, भिर, तालतलैया, खोलानाला र जङ्गलसहितको विवरण संकलन गर्दा सो परिमाणमा सार्वजनिक जग्गा देखिएको उहाँले बताए। प्रमुख आचार्यले सार्वजनिक जग्गाको संरक्षण र व्यवस्थापनका ल्ँीग् महानगरले विशेष अभियान शुरु गरेको जानकारी दिएका छन्। उनकाअनुसार महानगरले सबै वडाबाट अतिक्रमित जग्गाको विस्तृत विवरण माग गरी डेटाबेस तयार गरिरहेको छ । सोही अवसरमा ट्रेड युनियन महासंघले आफ्नो स्वामित्वमा रहेको एक भवन पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेको छ । वि।सं। २०६७र६८ सालमा मजदुरहरूको श्रम र पारिश्रमिकको योगदानबाट करिव १ करोड ६५ लाख रुपैयाँको लागतमा निर्मित सो भवन सरकारी प्रयोजनका लागि उपयोगी हुने देखिएकाले महानगरले स्वामित्व ग्रहण गरेको हो ।
भवन हस्तान्तरणका क्रममा उठेका श्रमिकका सवालहरूलाई सम्बोधन गर्दै प्रमुख आचार्यले ट्रेड युनियनका मुद्दाहरू व्यवस्थापन गर्न महानगरपालिकामा छुट्टै ‘डेस्क’ स्थापना गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले विगतमा विभिन्न संघ–संस्थालाई जग्गा र भवन उपलब्ध गराउने नीति रहे पनि वर्तमान अवस्थामा ती संरचनाहरूलाई सार्वजनिक हित र सरकारी काममा अधिकतम उपयोग गरिने स्पष्ट पारेका छन्। । महानगरले सार्वजनिक सम्पतीको संरक्षण गर्ने क्रममा भौतिक संरचनाहरूलाई ध्वंस गर्ने मात्र नभई तिनलाई सकारात्मक ढङ्गले उपयोग गर्ने नीति लिएको उनको भनाइ छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x