सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

आज तराईमा तातो लहर, चार प्रदेशमा वर्षा

काठमाडौं । आज देशका चार प्रदेशमा मेघ गर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागको केही ठाउँहरूमा, मधेश प्रदेश लगायत बागमती, गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका एक–दुई ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको हो । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भूभागमा तातो दिन तथा तराई भूभागमा तातो लहरको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मधेश र कोशी प्रदेशको तराई भू–भागका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना छ । भोलि पनि गण्डकी, बागमती र मधेश प्रदेशको तराई भूभागका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x