सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

अविरल वर्षापछि खसेको पहिरोले घर बगाउँदा पाँचथरको याङवरक गाउँपालिका–१ का चार परिवार विस्थापित

काठमाडौं । अविरल वर्षापछि खसेको पहिरोले घर बगाउँदा पाँचथरको याङवरक गाउँपालिका–१ का चार परिवार विस्थापित भएका छन् ।

पहिरोले घर जोखिममा पारेपछि एक परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । पहिरोले घर बगाएपछि याङवरक–१ लम्बाखोलाका मोहनलाल खवास र कबिर खवास तथा कोप्चेका गङ्गाप्रसाद बेघाको परिवार विस्थापित भएको हो । मोहनलाल र कबिरको परिवारका सात जना आफन्त शान्ता खवासको घरमा बसेका छन् । गङ्गाप्रसादको ६ जनाको परिवार उहाँका दाजु दुर्गा बेघाको घरमा बसेको छ । त्यही ठाउँका भगीमान बेघाको घर पहिरोले उच्च जोखिममा पारेपछि परिवारका ६ जना विस्थापित भएका ताप्लेजुङ प्रहरीले जनाएको छ ।

बाढीले लामिटारबाट चाम्लिङ डाँडा जोडने झोलुङ्गे पुल र याङवरक–२ दोभानेको झोलुङ्गे पुलमा क्षति पु¥याएको छ । बाढीले निर्माणाधीन दुई सडकका पुल बगाएको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत पाँचथरको याङवरक गाउँपालिका–२ दोभानेमा मेवा खोलामा निर्माणाधीन ४१ फिट लामो सडक पुल बाढीले बगाएको हो ।

निर्माणाधीन पुलका साथै सडक र डाइभर्सनसमेत बगाएका कारण यातायात पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ । त्यसैगरी, तमोर करिडोर सडकअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको सीमास्थित तमोर नदीमा निर्माणाधीन लिम्बूनी पुलका संरचना लगाएत अन्य संरचना समेत बाढीले बगाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x