आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

नेपाली किशोरीका लागि ‘ब्रिटिश एम्बेसी गर्ल्स फुटबल टुर्नामेन्ट’ आयोजना गर्दै बेलायत

काठमाडौं।नेपालका लागि बेलायती राजदुत रब फेनले नेपालको शैक्षिक विकास, गुणस्तर सुधार र बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूको वृहत्तर हितका लागि आफ्नो सरकारले उच्च प्राथमिकता दिएको बताएका छन्।

काठमाडौंमा एक कार्यक्रममा बोल्दै राजदुत फेनले नेपालको शैक्षिक क्षेत्रमा बेलायती सहयोगलाई मुख्य तीन स्तम्भमा वर्गीकरण गरेका हुन। राजदुत फेनले नेपालले शिक्षामा हासिल गरेको ‘सर्वसुलभ पहुँच’ को प्रशंसा गरे। भौगोलिक जटिलताका बावजुद हरेक बालबालिकालाई विद्यालयसम्म पु¥याउन सक्नु नेपालको असाधारण उपलब्धि भएको उनको भनाइ छ ।

अबको चुनौती पहुँचबाट माथि उठेर गुणस्तरीय नतिजा निकाल्नु रहेको उल्लेख गर्दै उहाँले ‘विद्यालय शिक्षा क्षेत्र कार्यक्रम’ मार्फत आधारभुत शिक्षाको सुधारमा बेलायतले नेपाल सरकार र युनिसेफजस्ता साझेदारहरूसँग मिलेर काम गरिरहेको जानकारी दिए । नयाँ बेलायती सरकारको प्राथमिकतासँग मेल खाने गरी ‘ट्रान्सन्याशनल एजुकेशन’ सीमापार शिक्षा लाई उच्च सम्भावनाको क्षेत्रका रूपमा रहेको उल्लेख गरे । उनकाअनुसार निजी क्षेत्रको सहकार्य र शैक्षिक साझेदारीले दुई देशबीचको व्यापारिक र कुटनीतिक सम्बन्धलाई थप बलियो बनाउनेछ ।

राजदुत फेनले बेलायत अध्ययन गर्न जाने नेपाली विद्यार्थीको ‘पास्टोरल केयर’ हेरचाह र अभिभावकत्व लाई विशेष महत्व दिनुभयो । कतिपय विद्यार्थी पर्याप्त अङ्ग्रेजी भाषाको ज्ञान बिना वा चर्को ऋणको बोझ लिएर बेलायत पुग्दा मानसिक र सामाजिक दबाबमा पर्ने गरेको प्रति उनले चिन्ता व्यक्त गरे । नेपाली विद्यार्थीले एक्लोपन वा असुरक्षा महशुस नगरुन् भन्नका लागि आफूहरूले लण्डनस्थित नेपाली दुतावास, बेलायत–नेपाल सोसाइटी र नेपालको शिक्षा तथा परराष्ट्र मन्त्रालयसँग समन्वय गरिरहेको उनले बताएका छन्।

। राजदुत फेनले नेपालमा महिला नेतृत्व र सशक्तीकरणको प्रसङ्ग कोट्याउँदै नेपाली किशोरीहरूका लागि ‘ब्रिटिश एम्बेसी गल्र्स फुटबल टूर्नामेन्ट’ आयोजना गर्ने सोच अघि बढाएको जानकारी दिए । खेलकुदका माध्यमबाट महिला सहभागिता र नेतृत्व विकासमा सहयोग पुग्ने उनको विश्वास छ ।

राजदुत फेनले भने , ‘यदि कुनै बेलायती विश्वविद्यालयले नेपाली विद्यार्थीको हितमा ध्यान नदिएको पाइएमा म स्वयंले त्यहाँका उपकुलपतिलाई फोन गरेर ध्यानाकर्षण गराउनेछु ।’
राजदुत फेनले नेपालको विकासका आवश्यकताहरूलाई सम्बोधन गर्न बेलायत सरकार सधैँ तत्पर रहेको र शिक्षाको पूर्ण क्षेत्रमा साझेदारीलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x