आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

आगामी दिनमा संसदमा अझ सशक्त ढंगले अघि बढ्ने विपक्षी दलहरुको निष्कर्ष

काठमाडौं । विपक्षी दलहरूले आगामी दिनमा संसदमा अझ सशक्त ढंगले अघि बढ्ने निष्कर्ष निकालेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतकहरुको संयुक्त बैठकले प्रधानमन्त्रीले संसदलाई गरिरहेको उपेक्षाको विषयमा गम्भीर छलफल भएको जनाइएको छ । सरकारले संसदीय मूल्य मान्यताविपरीत विपक्षीहरूको आवाजलाई दबाएर र पेलेर अघि बढ्ने दुस्साहस र गैरलोकतान्त्रिक चरित्र र सभामुखको दलीय भूमिकाबारे गम्भीर छलफल भएको बताइएको छ ।

संविधानको कार्यान्वयन, प्रतिनिधिसभा नियमावलिको पालना र लोकतन्त्रको रक्षार्थ सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता साझा निचोड निकालिएको बैठकमा सहभागीहरुको भनाइ छ ।बैठकमा कांग्रेसबाट बासना थापा, एमालेबाट महर, नेकपाका युवराज दुलाल र राप्रपाबाट खुस्बु ओली सहभागी थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x