आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

‘नेपाल पर्यटन बोर्डद्वारा पाँच वर्षे अन्तर्राष्ट्रिय बजार रणनीति सार्वजनिकः संख्याभन्दा गुणस्तरमा जोड’

काठमाडौं । नेपाल पर्यटन बोर्डले आगामी पाँच वर्षका लागि पर्यटन प्रवद्र्धन कार्ययोजना सार्वजनिक गरेको छ ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम अन्तर्गतको दिगो पर्यटन परियोजनाको सहयोगमा तयार पारिएको ‘अन्तर्राष्ट्रिय बजार रणनीति तथा कार्ययोजना (२०२६–२०३०)’ सोमबार सार्वजनिक गरिएको हो । प्रश्तावित रणनीतिले नेपालको पर्यटन क्षेत्रलाई परम्परागत संख्यात्मक वृद्धिको सोचबाट माथि उठाई गुणात्मक मूल्य र सेवा–केन्द्रित विकासमा रूपान्तरण गर्ने लक्ष्य राखेको छ । पर्यटन प्रवद्र्धनलाई थप व्यवस्थित र वैज्ञानिक बनाउन रणनीतिले ६ वटा मुख्य स्तम्भहरू निर्धारण गरेको छ । संस्थागत क्षमताको सुदृढीकरण, ‘नेपाल ब्राण्ड’ को पुनःस्थापना, पर्यटन उत्पादनको विविधिकरण, उद्योग सहकार्य र साझेदारी, डिजिटल एकीकरण तथा गुणस्तर सुनिश्चितता जस्ता क्षेत्रहरूलाई प्राथमिकतामा राखिएको छ ।कार्यक्रममा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका सहायक आवासीय प्रतिनिधि धर्म स्वर्णकारले नेपालको आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रलाई विशेष प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिए ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) हिक्मत सिंह ऐरले पर्यटन प्रवद्र्धनको जिम्मेवारी बोर्डको काँधमा मात्र रहेकाले यसलाई राष्ट्रिय गौरवको विषय बनाइनुपर्नेमा जोड दिए । बोर्डले कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा समेत पर्यटन रणनीतिको प्रमाणीकरण गरी स्थानीय स्तरमै अपनत्व महशुस गराउने योजना बनाएको उनको भनाइ छ । उनले बोर्डको सम्पूर्ण टोली र निजी क्षेत्र नयाँ रणनीति कार्यान्वयनका लागि पूर्ण उत्साहका साथ तयार रहेको बताए ।

पछिल्ला वर्षहरूमा पर्यटक आगमनको संख्यामा सुधार देखिए पनि उनीहरूको औसत दैनिक खर्च घट्दो क्रममा पाइएको छ । प्रतिवेदनअनुसार सन् २०१९ मा पर्यटकको औसत दैनिक खर्च ४८ अमेरिकी डलर रहेकोमा सन् २०२४ मा घटेर ४०.८ डलर कायम भएको छ । यस चुनौतीलाई सम्बोधन गर्न पर्यटकको बसाइ अवधि लम्ब्याउने, सेवाको गुणस्तर सुधार्ने तथा स्थानीय समुदायले प्रत्यक्ष लाभ पाउने गरी पर्यटकीय गतिविधि सञ्चालन गर्ने रणनीति अख्तियार गरिने दिगो पर्यटन परियोजनाका प्रवन्धक धर्म दवाडीले जानकारी दिए ।

कार्यक्रममा नेपालको आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रलाई राष्ट्रिय रणनीतिका रूपमा अघि बढाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x