मनसुन प्रतिकार्यका लागि यस वर्ष २६ हजार सुरक्षाकर्मी परिचालन गरिँदै
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनमा हुनसक्ने सम्भावित विपद् प्रतिकार्यको योजना सार्वजनिक गरेको छ ।
कार्यकारी समितिको ३४ औँ बैठकबाट स्वीकृत कार्ययोजना प्राधिकरणले सार्वजनिक गरेको हो । वैशाख ३१ मा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल नेतृत्वको कार्यकारी समितिले प्रतिकार्य कार्ययोजना स्वीकृत गरेको थियो ।मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३ अनुसार यस वर्षको मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान गरेर प्रतिकार्यको लागि विभिन्न मन्त्रालय र सुरक्षा निकायको कार्यजिम्मेवारी निर्धारण गरिएको छ । प्रतिकार्यलाई प्रभावकारी बनाउन विगतको तथ्यांक विश्लेषण गरेर सम्भावित जोखिमको आकलन गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसपटक विपद् प्रतिकार्यमा २६ हजार सुरक्षाकर्मी परिचालन गर्ने योजना बनाएको छ । सेना, प्रहरी र सशस्त्रका २६ हजार सुरक्षाकर्मीलाई मनसुनजन्य विपद्मा तैनाथ गर्नेगरी कार्ययोजना स्वीकृत भएको प्राधिकरणका उप सचिव रामबहादुर केसीले रातोपाटीलाई बताए । उनले भने, ‘२६ हजार सुरक्षाकर्मी मनसुन सुरु हुनासाथ फिल्डमा खटाउनेगरी कार्ययोजना स्वीकृत भएको छ ।’
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE