आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

प्रधानमन्त्री अनुपस्थित भएपछि हर्क साम्पाङको संसद् बहिष्कार, डायलासिस मेसिनदेखि बाँदर नियन्त्रणसम्म सांसदका विविध मागहरू

काठमाडौँ ।प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभाको बैठकमा अनुपस्थित भएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्क साम्पाङले संसद् बैठक बहिष्कार गरेका छन् ।

आफूहरूले निरन्तर प्रधानमन्त्रीको जवाफ खोजिरहेको भन्दै उनले सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराएका थिए । सभामुख अर्यालले भने मंगलबार पनि यो विषयमा कुरा भएको भन्दै बस्न आग्रह गर्दा साम्पाङले बैठक नै बहिष्कार गरेका हुन् ।श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित गराउन सभामुख डोलप्रसाद अर्यालले रुलिङ नगरेको भन्दै उनले बुधबारको बैठक बहिस्कार गरेका हुन् । उनले प्ले कार्ड देखाउँदै बैठक बहिस्कार गरेपनि उनकै पार्टीका अन्य सांसदले भने बैठक बहिस्कार गरेका छैनन् ।

यसअघि प्रतिनिधि सभाको बैठक सुरु हुने वित्तिकै साम्पाङले आफूलाई प्रतिनिधि सभा नियमावली २०७९ को नियम ३१ को उपनियम (१) बमोजिम बैठकबाट बाहिर निकाल्न वा बालेनलाई संसदमा उपस्थित गर्न रुलिङ गर्न सभामुखसमक्ष माग गरेका थिए । अध्यक्ष साम्पाङले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर जवाफदेही बनाउन सभामुखसँग जोडदार माग गरे । उनले नियमावलीको नियम १५ को उपनियम (२) बमोजिम प्रधानमन्त्रीको उपस्थिति सुनिश्चित गर्न सभामुखलाई आग्रह गरे । सभामुखलाई सम्बोधन गर्दै राईले लामो समयदेखि आफूहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै आए पनि सभामुखबाट प्रभावकारी ‘रुलिङ’ हुन नसकेकोमा असन्तुष्टि व्यक्त गरे ।
सभामुखले रुलिङ नगरेपछि उनी झोला बोकेर आफैँ बैठक हलबाट बाहिरिएका हुन । सभामुख अर्यालले मंगलबारको बैठकमा पनि सोही विषय उठेका कारण बस्न साम्पाङलाई आग्रह गरेका थिए ।
संसद बैठकमा नेकपा एमाले की सांसद साजिदा खातुन सिद्धिकीले देशभरका सरकारी अस्पतालहरूमा डायलासिस मेसिनको पर्याप्त व्यवस्था गरी सेवा विस्तार गर्न सरकारसँग माग गरिन । मेसिनको अभावले गर्दा बिरामीहरू उपचारका लागि काठमाडौँ आउनुपर्ने बाध्यता रहेको र यसले गर्दा उनीहरूमाथि ठूलो आर्थिक भार थपिएको उनको भनाई छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अनुष्का श्रेष्ठले सडकमा गुड्ने अत्यधिक भारवाहक सवारी साधनको तिब्र गतिका कारण सर्वसाधारणको ज्यान जोखिममा परेको भन्दै संसदमार्फत सरकारको ध्यानाकर्षण गराइन । सांसद श्रेष्ठले निर्धारित गति सीमाभन्दा कैयौँ गुणा बढी गतिमा सवारी चलाउने प्रवृत्ति बढेको उल्लेख गरिन ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले बाँदर आतंक नियन्त्रणका लागि डमी बाघ उपयोगी हुने कथा संसदमा प्रश्तुत गरेका थिए । बाँदर आतंकका कारण किसानले अन्नबाली जोगाउन नसकेको विषयले संसदमा दैनिकजसो प्राथमिकता पाएपछि उनले तनहुँका एक किसानको दृष्टान्त पेश गर्दै डमी बाघको प्रयोग गरेर उक्त आतंक नियन्त्रण गर्न सकिने बताए ।

सांसद न्यौपानेले सरकारले भारतलगायतका अन्य मुलुकको अनुभवलाई समेत ध्यानमा राखेर बाँदरको बन्ध्याकरण गर्न पनि सुझाव दिएका थिए ।।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x