बजेटबारे रणनीति तय गर्न नेपाली काँग्रेस संसदीय दलको बैठक शुरु
काठमाडौं । संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रश्तुत हुनुपूर्व आफ्नो रणनीति तय गर्न नेपाली काँग्रेस संसदीय दलको बैठक जारी छ ।
बिहीवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बसेको हो । बैठकमा मुख्यतया आगामी बजेट अधिवेशनमा पार्टीले निर्वाह गर्ने भुमिका र सदनमा प्रश्तुत हुने विषयहरूमा विस्तृत छलफल भैरहेको छ ।
नेपालको संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रश्तुत गरिँदैछ । बजेट भाषणको अघिल्लो दिन बस्न लागेको यस बैठकलाई राजनीतिक वृत्तमा महत्वका साथ हेरिएको छ ।
बैठकमा समसामयिक राजनीतिक अवस्था र संसदमा पार्टीले अवलम्वन गर्ने रणनीतिका बारेमा समेत सदस्यहरूबीच विचार विमर्श हुने संसदीय दलले जनाएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE