बजेटबारे पूर्वअर्थराज्यमन्त्री राणाः सरकारले लिने ऋण र पूर्वाधार खर्चबीच सन्तुलन मिलेन
काठमाडौं । पूर्वअर्थराज्यमन्त्री एवं नेपाली काँग्रेस सहमहामन्त्री उदय शमशेर राणाले सरकारको अगामी आर्थिक वर्षको बजेटमा अत्यधिक महत्वाकांक्षी भएको टिप्पणी गरेका छन् ।
बजेट वक्तव्यपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले अगामी आर्थिक वर्षको बजेटको आकार चालु आर्थिक वर्षको संशोधित बजेटभन्दा करिव २५ प्रतिशतले वृद्धि गरी ल्याइएको बताए । बजेटमा ऋण र पूर्वाधार खर्चबीच सन्तुलन नमिलेको उनको भनाइ छ । सरकारले ठूलो परिमाणमा आन्तरिक तथा वैदेशिक ऋण उठाउने लक्ष्य राखेपनि त्यसअनुसार पूर्वाधार क्षेत्रमा पयाप्त बजेट विनियोजन नगरिएको उनको टिप्पणी छ । सरकारले अगामी आर्थिक वर्षमा ६ अर्ब ५७ खर्ब रुपैयाँको ऋण लिने भनेको छ भने पूर्वाधार विकासमा ४ खर्ब ३१ अर्ब रुपैयाँ विनियोजन गरेको छ । पूर्वअर्थराज्यमन्त्री राणाले ऋण उत्पादक क्षेत्रमा खर्च नभए भविष्यमा ऋण तिर्न थप समस्या सिर्जना हुने चेतावनी दिए । साथै बजेटमा गरिबी न्यूनीकरण र विपन्न वर्गका विषय प्रभावकारी रूपमा समेटिन नसकेको भन्दै लक्ष्य हासिल गर्न कठिन हुने उनको भनाइ छ ।
उनले भने,, ‘बजेट निकै महत्वकांक्षी देखियो । सुन्नमा एकदमै राम्रो छ । यसको कार्यान्वयनमा ध्यामन दिनुपर्ने जस्तो मलाई लागेको छ । चालु आर्थिक वर्षको संशोधित बजेटभन्दा यो बजेटको साइज झन्डै २५ प्रतिशतले बढेको छ । अहिले ऋणको दायरा अत्यन्त बढेको कुरा मलाई अनौठो लागेको छ । नेपालमा विदेशी र आन्तरिक ऋणको समस्या देख्दै आएका छौँ । अहिले सरकारले ६ अर्ब ५७ खर्ब रुपैयाँको ऋण लिने भनेको छ । तर पूर्वाधार खर्चमा जम्मा ४ खर्ब ३१ ऋर्ब मात्रै छ । त्यसैले यो ऋण र खर्चको अनुपातको खर्च नमिलेको जस्तो लाग्छ । ऋण लिइसकेपछि त्यो पूर्वाधार विकासमा खर्च गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । हाम्रो ऋण अनुत्पादक क्षेत्रमा हालिसकेपछि ऋण तिर्ने कुरामा पनि केही समस्या आएको छ । बजेटमा गरिब र गरिबी भन्ने शब्द नै मै सुनिन । त्यसकारण यो क्षेत्र नै बजेटमार्फत छुटेको जस्तो लागेको छ । त्यसरकारण बजेटले लक्ष्य प्राप्त गर्न गाह्रो छ ।’
पूर्वअर्थराज्यमन्त्री राणाले युवा स्वरोजगारी र स्टार्टअपको सवालमा सरकारले केही नयाँ ल्याउन नसकेको टिप्पणी गरे उनले सरकारले लिएको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्तिमा समस्या हुने समेत बताए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE