संसदमा प्रधानमन्त्री बालेनको पहिलो सम्बोधन: सीमा विवाददेखि अर्थतन्त्रसम्म धारणा
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह बालेनले प्रतिनिधिसभा बैठकमा पहिलो पटक उभिएर बोलेका छन् ।आइतबार आकस्मिक रूपमा बैठकमा पुगेका उनले सभामुख डोलप्रसाद अर्यालसँग समय मागेर सांसदहरूका विभिन्न प्रश्नको जवाफ दिएका हुन् ।
बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले प्रधानमन्त्री शाहलाई प्रश्न सोधेका थिए ।प्रधानमन्त्री वालेन्द्र शाहले फागुन २१ मा निर्वाचित प्रतिनिधि सभामा पहिलो पटक उभिएर जवाफ दिएका हुन् ।
प्रधानमन्त्रीले के भने
आयोगका प्रतिवेदन सबै आयोगका प्रतिवेदन एकमुस्ट अध्ययन गरेर आवश्यक कारबाही गर्ने बचन।नेपाल भारत सीमा विवाद लिपुलेक र लिम्पियाधुरा विषयमा कूटनीतिक नोट पठाइएको छ। भारतबाट जवाफ पनि आएको छ । भारतले मात्र होइन, नेपालले पनि धेरै ठाउँमा भारतको भूमि मिचेको रहेछ । सीमा विवादबारे इङल्यान्ड सरकारसँग पनि कुरा हुँदैछ।सुकुम्वासी समस्या स् ३५ वर्षदेखि समाधान नभएको समस्या ३५ मिनेटमा समाधान खोज्न हुँदैन ।
आर्थिक प्राथमिकता सरकारको ध्यान आत्मविश्वास बढाउनेसँगै पैसा बढाउनेमा छ, देशलाई पहिले पैसा चाहिन्छ ।राजनीतिक भाषण समाजवाद र साम्यवादको भाषण गर्न सजिलो भएको टिप्पणी गर्दै काठमाडौं महानगरमा हुँदा शिक्षा र स्वास्थ्यमा उदाहरणीय काम गरेको जिकिर ।बिजुली र विद्युतीय चुल्हो यदि सबैले विद्युतीय चुल्हो प्रयोग गरे भने ट्रान्सफर्मर पड्किने अवस्था आउन सक्छ । बिजुलीमा लाग्ने ५ प्रतिशत भ्याट ट्रान्सफर्मर फेर्न उपयोग गरिनेछ।प्रवासी मताधिकार विदेशमा रहेका नेपाली नागरिकलाई मतदान गर्ने अधिकार दिने विषयमा अध्ययन गरिँदैछ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE