आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

सुर्तीजन्य पदार्थ सेवनकै कारण वर्षेनी ३९ हजार नेपालीले गुमाउँछन् ज्यान

काठमाडौं। नेपालमा सुर्तीजन्य पदार्थका कारण प्रत्येक वर्ष ३९ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा आईतवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठले जानकारी दिएका हुन् ।

उनले सुर्तीजन्य पदार्थका कारण विश्वभर प्रत्येक वर्ष करिव ८० लाख मानिसको मृत्यु हुने गरेको समेत जानकारी गराए । मुटुरोग, क्यान्सर, श्वासप्रश्वाससम्बन्धी रोग तथा अन्य नसर्ने गम्भीर रोगको प्रमुख कारण सुर्तीजन्य पदार्थ रहेको बताउदै उनले सुर्तीजन्य पदार्थले मानव स्वास्थ्य मात्र नभई राष्ट्रिय अर्थतन्त्रमा समेत गम्भीर क्षति पु¥याइरहेको उल्लेख गरे ।

नेपाल विश्व स्वास्थ्य संगठनको फ्रेमवर्क कन्भेन्सन अन टोबाको कन्ट्रोलप्रति पूर्ण रूपमा प्रतिवद्ध रहेको उल्लेख गर्दै सार्वजनिक स्थानमा धुम्रपान निषेध, सुर्तीजन्य पदार्थको विज्ञापन तथा प्रवद्र्धन नियन्त्रण, १०० प्रतिशत चित्रसहितको स्वास्थ्य चेतावनी र कर नीतिलाई नियन्त्रणका प्रमुख उपायका कार्यान्वयन गरिरहेको छ । यद्यपि, अगामी आर्थिक वर्षमा सुर्तीजन्य पदार्थमा लगाइएको कर अपेक्षाकृत कम रहेको भन्दै उनले असन्तुष्टि जनाए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x