सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

प्रधानमन्त्रीलाई एमालेले भन्योः राष्ट्रघाती अभिव्यक्तिबारे संसदबाट माफी मागियोस्

काठमाडौं । प्रतिपक्ष दल नेकपा ९एमाले०ले प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको धेरै भूमि मिचेको छ भनि दिएको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै तत्काल संसदमा माफी माग्नुपर्ने माग गरेको छ ।

सोमवार प्रतिनिधि सभा बैठक शुरु हुने वित्तिकै बोल्दै एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले उक्त माग गरेका हुन् । प्रमुख सचेतक महरले प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन पनि दबाब दिए । उनले नेपालले कुनैपनि मुलुकको एक इन्च भूमि पनि नमिचेको दावी गर्दै ती तथ्यहरुको हेक्का राख्न पनि प्रधानमन्त्री साहलाई सचेत गराए । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएको तथ्य अध्ययन गर्न पनि प्रधानमन्त्री साहलाई प्रमुख सचेतक महरले सचेत गराए ।

उनले भने,‘प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती, देशद्रोही, गैरजिम्मेवार छ । र, त्यो संसदको रेकर्डबाट हटाउँदै प्रधानमन्त्रीले रोष्टमबाट माफी माग्नुपर्छ भनेर म यहाँहरुको बीचमा म समामुख मार्फत यो सदनको ध्यानाकर्षण गराउन चाहन्छु । म यहाँ भन्न चाहन्छु–हाम्रो राष्ट्रको बडो स्पष्ट नीति छ । असंलग्न परराष्ट्र नीति छ । हामी कसैको भूमि एक इन्च पनि मिच्दैनौ । र, कसैलाई एक इन्च भूमि पनि दिँदैनौ । र, म भन्न चाहन्छु–लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रो भूमि हो । सुस्ता हाम्रो भुमि हो । र, नेपालले कहीँ कतै पनि एक इन्च भूमि पनि मिचेको छैन । यो कुरा स्मरण होस प्रधानमन्त्रीथज्युलाई । नभए अध्ययन गरेर हुन्छ, राम्रोसँग हेरे हुन्छ । तथ्य, तथ्यांकहरुको विश्लेषण गरे हुन्छ ।’

प्रमुख सचेतक महरले प्रधानमन्त्री साहलाई देशद्रोही खालको अभिव्यक्ति नदिन पनि ध्यानाकर्षण गराए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x