भूमि समस्या समाधान आयोगको अध्यक्षमा बलभद्र बास्तोला नियुक्त
काठमाडौं । काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोगको अध्यक्षमा बलभद्र बास्तोलालाई नियुक्त गरेको छ ।
मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन् । उनकाअनुसार भूमि समस्या समाधान आयोगको सदस्यमा अमिरप्रसाद न्यौपाने, पद्मनीति सोतुङ र डा. रोना श्रेष्ठलाई नियुक्त गरिएको छ । उनले सशस्त्र प्रहरी बलका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनीकुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय गरेको पनि जानकारी दिए । उनले संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूएनईपी) अन्तर्गत ओजन तहलाई हानि पुर्याउने पदार्थको व्यवस्थापन तथा न्युनिकरणसम्बन्धी मोन्ट्रियल प्रोटोकल कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय गरेको पनि बताए ।
उनले भने, ‘युनाइटेड नेसन इन्भाइरोमेन्ट प्रोग्राम (युएनइपी)बाट ओजन तहलाई हानी पुर्याउने पदार्थको व्यवस्थापन र न्युनिकरणसम्बन्धी मोन्ट्रियल प्रोटोकलको कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गर्ने, सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनीकुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने, २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनमा भएको घटनाको जाँचबुझ गर्न गठित आयोगले पेश गरेको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित समितिको कार्यअवधी ४५ दिनलाई थप गर्ने, भूमि समस्या समाधान आयोगको अध्यक्ष पदमा बलभद्र बास्तोला (कास्की) तथा सदस्य पदमा अमिर प्रसाद न्यौपाने (काठमाडौं), पद्मनीति सोतुङ (लमजुङ) र डा. रोना श्रेष्ठ (काठमाडौं)लाई नियुक्त गर्ने निर्णय गरिएको छ ।’
जेनजी आन्दोलनको क्रममा घटेका घटनाबारे छानबिन गर्न गठित आयोगले पेश गरेको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रसम्बन्धी विषय अध्ययन गरी सुझाव दिन बनाइएको समितिको कार्यअवधि ४५ दिन थप्ने निर्णय गरेको पनि बताए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE