मङ्लबार, जेष्ठ १९, २०८३
Tuesday, June 2, 2026

प्रतिनिधि सभा बैठक जेठ २५ गतेसम्मको लागि स्थगित

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठक स्थगित गरेका छन् ।

विपक्षी दलका सांसदहरूले नाराबाजीसहित वेल घेराउ गरेपछि सोमबारसम्मका लागि बैठक स्थगित गरेका हुन् । विपक्षीले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने, प्रधानमन्त्रीले माफी माग्नुपर्ने अडान लिएका छन् । प्रधानमन्त्रीको अभिव्यक्ति संवेदनशील र गम्भीर विषय भएकाले उच्च स्तरीय राजनीतिक छलफल गरेर समाधान निकाल्नुपर्ने उनीहरुको माग छ । विपक्षीको अवरोधले कार्यसूचीमा अघि बढ्ने अवस्था नभएपछि सभामुखले २५ गते सोमबार बिहान ११ बजे बस्नेगरी बैठक स्थगित गरेको घोषणा गरे ।

नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहले माफी माग्नुपर्ने अडान दोहो¥याएको थियो । मंगलबार ढिलोगरी सुरु भएको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै कांग्रेस सांसद अभिषेक प्रताप शाहले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति संवेदनशील भएको जिकिर गरे ।साथै, उनले संसद्मा आएर माफी माग्नुपर्ने कांग्रेसको अडान यथावत् रहेको उनले बताए ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्मा प्रधानमन्त्री बालेन शाह बालेनको हाजिरी खोजेका छन् ।प्रतिनिधिसभा नियमावलीको नियम ४ मा सभाको बैठकमा आसन ग्रहण गर्नुअघि प्रत्येक सदस्यले बैठक कक्ष बाहिर रहेको उपकक्षमा राखिएको हाजिरी पुस्तिका वा विद्युतीय उपस्थिति उपकरणमा उपस्थिति जनाउनु पर्ने व्यवस्था छ ।बैठकमा सदस्यको उपस्थितिसम्बन्धी जानकारी सचिवालयले विद्युतीय माध्यमबाट सार्वजनिक गर्न सक्नेछ ।नियमावलीको यही नियम स्मरण गर्दै साम्पाङले प्रधानमन्त्री बालेनको हाजिरी खोजेका हुन् ।प्रतिनिधिसभा सदस्य नरहेको अवस्थामा प्रधनमन्त्री पद स्वतः रद्द हुने उनको आग्रह छ ।

साथै, प्रधानमन्त्रीले नेपालले भारतको जमिन कहाँ कहा मिचेको छ भनेर जानकारी दिनुपर्ने अध्यक्ष सामपाङको भनाइ छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x