मङ्लबार, जेष्ठ १९, २०८३
Tuesday, June 2, 2026

राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौं । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ भनि दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै माफी माग्न माग गर्दै मंगलवारको बैठकमा पनि उठेर अवरोध गरेपछि उक्त बैठक बुधबार विहान १२ बजेर १५ मिनेटसम्मका लागि स्थगित गरिएको हो ।

बैठकमा सांसदहरुले प्रधानमन्त्री साहमा सामान्य राजनीतिक सुझबुझ समेत नभएको भन्दै आपत्ति जनाएका थिए । नेपाली काँग्रेसका राष्ट्रिय सभाका सचेतक पदमबहादुर परियारले प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ भनि दिएको अभिव्यक्तिबारे माफी नमागेसम्म संसद बैठक चल्न नदिने चेतावनी दिएका थिए । मंगलवार राष्ट्रिय सभा बैठक सूरु हुनासाथ उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति आपत्तिजनक रहेकाले संसदमा आएर माफी नमागेसम्म बैठक चल्न नदिने प्रष्ट्याएका थिए ।

सचेतक परियारले प्रधानमन्त्री साह कुटनीति र राजनीति सम्बन्धि सामान्य ज्ञान समेत नभएको कुरा पनि छताछुल्ल भएको जिकिर गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x