रास्वपाले भन्योः प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाललाई अझ बलियो बनाएको छ
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले नेपालको पनि भारतको धेरै ठाउँ मिचेको छ भनि दिएको अभिव्यक्तिले नेपाललाई अझ बलियो बनाएको टिप्पणी गरेको छ ।
मंगलवार संघीय संसद परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उक्त पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले नेपालको दशगजा क्षेत्रमा दुवै तर्फबाट भूउपयोगहरु भएको कुरा आएको भन्दै त्यसले सीमा सम्बन्धि विषयलाई छलफलका लागि अघि बढाउन बलियो बनाएको तर्क गरे। महामन्त्री बुर्लाकोटीले रास्वपाले मिचिएको नेपाली भूमि फिर्ता हुनुपर्छ भन्ने अडानमा स्पष्ट रहेको पनि बताए । उनले प्रधानमन्त्री साहले उक्त विषयमा समय आएपछि जवाफ दिने बताउँदै विपक्ष दलहरुले संसद बैठक अवरुद्ध पार्न नहुने पनि बताए।
उनले भने,‘अहिलेको जुन रिर्पोटहरु छ सामान्यतयाः । अब यो दशगजा क्षेत्रमा दुवै तर्फबाट भूउपयोगहरु भएको छ । त्यसलाई सीमा मिचेको भन्ने नभन्ने शब्द कस्तो प्रयोग गर्ने भन्ने एउटा पाटो रह्यो । र यो चाहीँ अन्तर्राष्ट्रिय हिसावमा पनि छलफल गरेर जानुपर्दछ भन्ने जुन प्रधानमन्त्रीज्युले राख्नुभएको छ । त्यसले हामीलाई अझ बलियो बनाएर अगाडि बढाएको छ । कि हाम्रो सीमाको समाधान अलि छिटो गर्नुपर्छ । कुटनीतिक तवरबाट पहल गर्नुपर्छ भन्ने छ । यो विषयमा पक्का पनि सरकारको तर्फबाट त आई नै हाल्छ । अव अर्कोलाई यो रिवर्स कूटनीति पनि हो । अर्कोतर्फ पार्टीले त यस अगाडि नै हामीले हाम्रो भूमि मिचिएको सन्दर्भमा त्यो भूमिहरु फिर्ता हुनुपर्दछ । र, भूमि फिर्ता लिनका लागि कूटनीतिक पहल गर्नुपर्छ भनेर स्पष्ट धारणा राखिसकेको छ । त्यो कारणले गर्दा पार्टीको धारणा स्पष्ट नै छ । र, यो विषय थप छलफलहरु अगाडि बढछ । यो तत्ठाउँहरुमा नै छलफल भएर अगाडि बढला । यो विषयमा मैले थप धारणा राख्नु भन्दा पनि पार्टीको धारणा स्पष्ट छ । हाम्रो भूमिहरु मिचिन दिनु हुँदैन । ती भूमिहरु फिर्ता ल्याउनका लागि कूटनीतिक पहलहरु गर्नुपर्छ भन्ने पार्टीको धारणा स्पष्ट छ । यही विषयमा हामी छलफल गरिराखेका छौ । प्रतिपक्ष दलहरुसँग हामीले यो विषयमा पनि छलफल गरिराखेका छौ । यो सदन सुचारु गरौ । त्यो विषयमा तत्अवस्थामा सरकारको तर्फबाट त्यसको कुराहरु आईनै हाल्छ भनेर हामीले यसरी राख्यौ । उहाँहरु यो विषय आएपछि मात्रै सदन अगाडि जान्छ भन्नु हुन्छ । त्यो उहाँहरुले राख्ने कुरा चाँही कस्तो छ भने त्यो आउँछ भनेपछि त्यसलाई अगाडि पनि बढाउनु प¥यो नि ।’
महामन्त्री बुर्लाकोटीले बजेट पारित गर्न ढिलाई हुने भएकाले पनि विपक्ष दलहरुले संसद बैठक अवरुद्ध पार्न नहुने पनि बताए।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE