१ कार्तिक २०८३, शनिबार

टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका निम्ति जेल चलान

0
Shares


काठमाडौं । ललितपुर जिल्ला अदालतले टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका निम्ति थुनामा राख्न आदेश दिएको छ ।

बिहीबार जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले उनलाई पुर्पक्षका निम्ति थुनामा राख्न आदेश दिएको हो ।

कुमार चिमोरियाको जाहेरीअनुरूपको उक्त मुद्दामा टिकटकर अधिकारीसहित १० प्रतिवादी छन् । प्रहरीले आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धीकरण ९मनि लाउन्डरिङ० समेतको आरोपमा मुद्दा दायर गरेको हो ।

टिकटकर अधिकारीमाथि २१ करोड रुपैयाँ सम्पत्तिको स्रोत नखुलेको दाबीसहित सम्पत्ति शुद्धीकरणको अभियोग लगाइएको छ ।

एक वर्षदेखि फरार अधिकारीलाई जेठ १५ गते इन्टरपोलको सहयोगमा थाइल्यान्डबाट पक्राउ गरिएको थियो ।