शुक्रबार, असार ५, २०८३
Friday, June 19, 2026

डा. धवलशम्शेर राणा र दुर्गा प्रसाईंबीच एकता

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं र राप्रपाबाट राजीनामा दिएका डा.धवलशमशेर राणाबिच नयाँ पार्टी बनाउन सहमति भएको छ।

आज एक कार्यक्रमबीच उनीहरूले एकताको घोषणा गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रसाईँले धवल शमशेर आफ्नो अभिभावकजस्तो रहेको बताए । अब आफूहरू सहयात्रा जुटेको उनको भनाइ छ ।

प्रसाईँले आफ्नो समूहका कार्यकर्ताहरूलाई आजदेखि धवलशमशेरलाई पनि नेता मान्न निर्देशन दिए । अहिले एकथरिले रास्वपाले राजसंस्था र हिन्दूराष्ट्र ल्याउने हल्ला फैलाइरहेको भन्दै उनले यसमा विश्वास नगर्न प्रसाईँले आग्रह गरे ।

प्रसाईँको नागरिक बचाउ महाअभियान धवलशम्शेर समूहबीच ११ बुँदे समझदारीपत्रमा हस्ताक्षर पनि भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x