पुनः गृहमन्त्रीमा फर्कने सुदन गुरुङको आशा, सुरुका दुई महिना बधाई दिने र तस्बिर खिच्ने काम नगरिदिन आग्रह
काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङले आफ्नो सम्पत्तिका विषयमा उठाइएका प्रश्नहरूको छानबिनका निम्ति सहजीकरण गर्न मन्त्री पदबाट राजीनामा दिएको बताएका छन् ।
आइतबार रास्वपा गोरखा जिल्ला अधिवेशनका क्रममा उनले सार्वजनिक पदमा रहँदा उठाइएका सवालको जवाफ दिन आफू पूर्ण रूपमा जिम्मेवार बनेको स्पष्ट पारेका हुन् । आफुले सार्वजनिक पदमा बसेर काम गरेपछि उठेका प्रश्नहरूको सामना गर्नुपर्छ भनेरै छानबिन समितिसमक्ष बयान दिएको उनको भनाइ छ । छानबिन समितिको प्रतिवेदन हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगिसकेको र आफूले पूर्ण रूपमा सफाइ पाउनेमा आशावादी रहेको गुरुङले बताएको जनाइएको छ । उनले आफू निर्दोष सावित हुने र सरकारले पुनः गृह मन्त्रालयको जिम्मेवारी सुम्पने आशा व्यक्त गरे । यदि, समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामको लागि सुरुका दुई महिना कोही पनि नआइदिन उनको आग्रह छ ।
कार्यक्रममा उनले आफू गृहमन्त्री हुँदा आमजनताबाट अभूतपूर्व साथ र सहयोग पाएको स्मरण गरे । निर्वाचनमा विजयी गराउने गोरखाका मतदातालाई गुरुङले ‘विशेष धन्यवाद’ समेत ज्ञापन गरेका सचिवालयले जनाएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE