शनिबार, असार ६, २०८३
Saturday, June 20, 2026

फिलिपिन्समा शक्तिशाली भूकम्प : कम्तीमा १९ जनाको ज्यान गयो

काठमाडौं । फिलिपिन्समा शक्तिशाली भूकम्पका कारण कम्तीमा १९ जनाको ज्यान गएको छ ।

दक्षिणी फिलिपिन्समा आज बिहान गएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पमा परी ७ जना बेपत्ता रहेका र १३४ जना घाइते भएका अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।भूकम्पले फिलिपिन्सको प्रमुख दक्षिणी टापु मिन्डानाओको जेनरल सान्तोस शहरको समुद्री तट क्षेत्रमा केन्द्रविन्दु बनाएको थियो । यो टापु माछाका लागि प्रख्यात छ । फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड साइज्मोलोजीले मिन्डानाओका ६ वटा क्षेत्रमा सुनामीका छालहरू रेकर्ड गरिएको बताएको छ ।

भूकम्पपछि फिलिपिन्स, इन्डोनेशिया र जापानलगायत यस क्षेत्रका धेरै देशहरूले सुनामीको चेतावनी जारी गरेका थिए तर धेरैजसो अब हटाइएका खबरमा उल्लेख छ ।यसैबीच फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले सबै सरकारी निकायहरूलाई तत्काल आवश्यक कदम चाल्न निर्देशन दिएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x