काठमाडौं । एक सातादेखि संघीय संसदका दुबै सदन चल्न सकेका छैनन् । प्रतिनिधिसभा र राष्ट्रिय प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल भारत सीमा सम्बन्धि अभिब्यक्तीले बिषयमा प्रवेश नै गरिएको छैन् । सत्तापक्ष नै नभएको राष्ट्रिय सभा बैठक पनि प्रधानमन्त्री शाहको अभिब्यक्तीले अवरुद्ध छ । एक साताअघि प्रतिनिधिसभा बैठकमा आकस्मिक रुपमा आएर म सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन चाहन्छु भन्दै बोलेका प्रधानमन्त्री बालेन्द्र शाहले भारतको भूमि नेपालले पनि मिचेको जवाफ दिएका थिए । भारतले मात्रै नभई नेपालले पनि भूमि मिचेको अभिब्यक्ती दिएपछि प्रधानमन्त्री शाहको चर्को आलोचना भइरहेको छ । प्रतिपक्षका लागि प्रधानमन्त्री बोली मात्रै होइन अर्को बिषय पनि थपिएको छ । त्यो हो अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका दर हेरफेरको बिषय बाहिर चुहाएको र संसदमा दर्ता भएको आर्थिक विधेयक र मन्त्रालयको वेभसाइटमा राखिएको आर्थिक विधेयक फरक परेको भन्दै प्रतिपक्षले जवाफ मागिरहेका छन् ।
नेकपा एमालेले पनि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मनलाग्दी ढंगले करका दर संशोधन गरेको भन्दै आपत्ति जनाइरहेको छ । संसदमा दर्ता भएको आर्थिक विधेयक र अर्थ मन्त्रालयको वेबसाइटमा राखिएको आर्थिक विधेयकमा विद्युतीय सवारीसाधनको करका दरमा फरक देखिएको भन्दै एमालेले सरकारको नियतमाथि प्रश्न उठाइरहेको छ ।
प्रधानमन्त्री बालेन्द्र साहले नेपाल र भारतबीच सीमाको विवादित अभिव्यक्ति फिर्ता लिनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षीसहितका विपक्षी दलहरुले विरोध गर्दै आएका छन् । तर, सरकारले त्यसको वेवास्ता गरिरहेको छ । प्रधानमन्त्री संसदमा आएर जवाफ दिने छाँटकाट नै छैन् । जसले संसद नै निरन्तर अवरुद्ध भइरहेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रधानमन्त्री बालेन्द्र साह आफ्नो सीमासम्बन्धी विवादित अभिव्यक्ति सच्याउनुको सट्टा नेपालले भारतको भूमि अतिक्रमण गरेको कुरा प्रमाणित गर्न लागिपरेको आरोप लगाइरहेको छ । नेपाल विश्वको नजरमा सीमा आतिक्रमणकारी देश नभएको र बन्न नसक्ने जिकिर उसको छ ।
नेपाली कम्युनिष्ट पार्टीले पनि राष्ट्रियता जस्तो संवेदनशील विषय र बजेट निर्माणका क्रममा उठेका प्रश्नहरूबारे प्रधानमन्त्री तथा सरकारले संसदमा स्पष्ट जवाफ दिनुपर्ने माग गरिरहेको छ । प्रधानमन्त्रीले संसदको रोष्ट्रममै दिएको अभिव्यक्तिले राष्ट्रियतामाथि गम्भीर त्रुटी गरेको टिप्पणी उसको छ ।
श्रम संस्कृति पार्टी पनि निरन्तर रुपमा प्रधानमन्त्री शाहको अभिब्यक्तीलाई लिएर आक्रोश पोखिरहेको छ । प्रधानमन्त्री बालेन्द्र साहले सीमा विवादका सम्बन्धमा एकसाता अघि दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिनिधि सभामा संकल्प प्रश्ताव पेश गरेको छ ।
संसदको पहिलो ठूलो दल रास्वपाले बोलाएको सर्वदलीय बैठकमै सभापति रवि लामिछानेले प्रधानमन्त्री तत्काल संसदमा आउनुहुन्न भन्ने जानकारी दिएपछि विपक्षी थप रुष्ट देखिन्छन् । प्रतिपक्षको निरन्तर अवरोधले सभामुख डीपी अर्याल हैरान छन् । प्रधानमन्त्रीले संसद अर्थात् सभामुखलाई नै नटेर्ने अवस्था आएको छ । किनकी कि सभामुखले चाहे प्रधानमन्त्रीलाई सिधैं रुलिङ गरेर सदनमा बोलाउन सक्छन् तर, त्यो आँट सभामुख अर्यालले गर्ने अवस्था देखिदैन् जसका कारण संसद बन्धक बनिरहेको छ । सत्ता पक्षले हामी बोल्न पाएनौं भन्दै गर्दा केही बिषय पारित गर्न पेलेर संसद चलाएका सभामुखले विपक्षीलाई मनाउने प्रयास जारी राखेका छन् । तर, मुख्य मुद्धा नै प्रधानमन्त्री र अर्थमन्त्री नै भएपछि विपक्षी दल पनि टसको मस हुने छाँटकाट नदेखिदा संसद भवन आउने हाजिर गर्ने र टाप कस्ने काम सांसदहरुको भइरहेको छ ।।
