मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

गृहमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनले शपथ ग्रहण तथा पदभार ग्रहण गरे

काठमाडौं । गृहमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनले शपथ ग्रहण तथा पदभार ग्रहण गरेका छन् । विवादित व्यापारी दीपक भट्टसँग सेयर लगानी लगायतका विषयमा नागरिक स्तरबाट उठेका प्रश्न र टिप्पणीहरूलाई सम्बोधन गर्दै राजीनामा दिएका गुरुङ फेरि गृहमा फर्किएका हुन् । नयाँ मन्त्रालय माग्दै आएका महाविर पुनलाई नै प्रधानमन्त्री बालेन्द्र शाहले सोही मन्त्रालयको जिम्मेवारी दिएका छन् ।।

सुधन गुरुङ गृहमन्त्रालयमा फर्किएका छन् । विवादित व्यापारी दीपक भट्टसँग सेयर लगानी लगायतका विषयमा नागरिक स्तरबाट उठेका प्रश्न र टिप्पणीहरूलाई सम्बोधन गर्दै उनले बैशाख ९ गते नैतिकताको आधारमा राजीनामा दिएको घोषणा गरेका थिए । चैत १३ देखि गृह प्रशासनको नेतृत्व सम्हालेका सुधन बाहिरिएपछि प्रधानमन्त्री बालेन्द्र शाहले नै मन्त्रालय सम्हाल्दै आएका थिए । गुरुङलाई सम्पत्ति छानबिन गर्न सरकारद्वारा गठित समितिले प्रधानमन्त्री शाहलाई प्रतिवेदन बुझाउँदा क्लिनचिट दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व गृहमन्त्री गुरुङ सम्बन्धमा अध्ययन तथा छानबिन गर्न बनेको समितिको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेसँगै उनको गृहमन्त्री बन्ने बाटो खुल्यो । छानबिन समितिले सुधनलाई नभएर सरकारको सिस्टमलाई दोष दिने गरि प्रतिवेदन बनाएको थियो । त्यही प्रतिवेदनले सफाइ दिएको भन्दै आफ्ना हितैषी सुधनलाई प्रधानमन्त्री बालेनले मन्त्रीमा फर्काएका छन् ।

प्रधानमन्त्री बालेन शाहको सिफारिसका आधारमा गृहमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा प्रतिनिधिसभा सदस्य महावीर पुनले शपथ लिएका छन् । पुन भने तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षामन्त्री थिए । उनले शिक्षा सम्बन्धि अध्यादेश कार्की सरकारले ल्याउन नमानेपछि राजीनामा दिएर चुनाव लड्न गएका थिए । पुनले म्याग्दीबाट स्वतन्त्र रुपमा चुनाव जितेका हुन । शाह नेतृत्वको सरकारमा आक्रामक रुपमा काम गरिरहेका सुधनले गत चैत १३ गते मन्त्रिपरिषद् बनेको भोलिपल्ट नै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेका थिए । यद्यपि, दुई हप्ता लामो अनुसन्धानपछि सर्वोच्च अदालतको आदेशले दुवै जना रिहा भइसकेका छन् । अहिलेसम्म सरकारले उनीहरूविरुद्ध मुद्दा दायर गर्न पनि सकेको छैन । तर, त्यही आन्दोलनको विषयमा राज्यको संवैधानिक निकाय राष्ट्रिय मानवअधिकार आयोगले तयार पारेको प्रतिवेदन पनि सार्वजनिक भइसकेको छ । उक्त प्रतिवेदनले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद समेत रहेका सुधन गुरूङलाई मुख्य दोषीका रुपमा कीटान गरेको छ । उक्त प्रतिवेदन सरकारले बुझिसकेको छ । त्यही प्रतिवेदनले गरेको सिफारिस विपरीत प्रधानमन्त्री बालेनले कदम चालेका छन् । आयोगले प्रतिवेदनमा जेन–जी आन्दोलन भड्किनुमा सुधन गुरुङ नेतृत्वमा परिचालित समूह रहेको औँल्याइएको छ । तर, शाह नेतृत्वको सरकारले तिनै गुरुङलाई पुनः गृहमन्त्री बनाएको छ ।।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x